लेट मि इन मिसेस व्यूटी क्वीन नेपालका विजेताहरु मलेसियाको भ्रमण पछि फर्कीए !

काठमाडौ २०७४ माघ ११ । सिजन मिडियाद्धारा पहिलो चोटी विवाहीत महिलाहरुको लागि आयोजना गरिएको “लेट मि इन मिसेस व्यूटी क्वीन नेपालमा सहभागी भइ विजेता भएका ५ जना विजेताहरु मलेसियाको ५ दिने भ्रमण सफल पारी नेपाल फर्किएका छन ।

सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदिपराज वन्तको नेतृत्वमा ६ जना विजेताहरु सुदीक्षा आर्चाय भट्टराई, दीपिका राय, विष्णुमाया पौड्याल, कृष्टी बाँनिया क्षेत्री , ईश्वरी श्रेष्ठ तामाङ र अम्विका थापा सहितको टोलीलाई आयोजक वन्तले मलेसियाको विभिन्न ठाउँहरु वटुकेभ, गिन्तिङ हाइल्याण्ड, माछा एकुरीयम, जुम्ल्याहा टावरको भ्रमण गराउनुका साथै सामुन्दिक छालमा पौडीको अनुभव गराएको समाचारमा उल्लेख छ ।

विजेताहरुले चिनियाँ नयाँ वर्षको अवसरमा आयोजित स्थानीय कार्यक्रममा विभिन्न नृत्य प्रस्तुत गरेका थिए । उक्त भ्रमण आयोजकले विजेताहरुलाई उपहार स्वरुप घोषणा गरे अनुसार भ्रमण सेवा उपलव्ध गराई मलेसियाको भ्रमण सम्पर्न गरि नेपाल फर्किसकेका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *