वालिका बलात्कार आरोपी १८ वर्षिय युवा माधव बिष्ट प्रहरी हिरासतमा

प्रेम सुनार, गुल्मी, २०७४ माघ ११ । केहि दिन अघि गुल्मीको सदरमुकाम तम्घास बजार मैं एउटी १४ वर्षिया बालिका वलात्कार आरोपीलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।

यहि पुस– १६ गते साँझ रेसुङ्गा नगरपालिका–८ तम्घास खानीगाउँमा ‘४६ ड ’ परिवर्तित नामकी १४ वर्षिया बालिकालाई वलात्कार गरेको आरोपमा गुल्मीकै मदाने गाउँपालिका वडा नम्वर १ अग्लुङ्गा १८ वर्षिय युवा माधव बिष्टलाई प्रहरीले हिरासतमा राखेको हो ।

निजलाई पक्राउ गरी जवरजस्ती करणीको मुद्धा अदालतमा पेश गरी म्याद थप समेत गरी अनुसन्धान अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रबक्ता डिएसपी गंगाबहादुर थापाले जानकारी दिएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.