जनजागृति माबि काँडेवासको हिरक महोत्सव : शिक्षाको विकासले नै समाजको विकास हुन्छ -पौडेल

गुमानसिँह भण्डारी, गल्कोट २०७४ माघ १० । गल्कोट नगरपालिकाको काँडेवास बजार स्थित जनजागृति माध्यमिक विद्यालयको हिरक महोत्सवको बागलुङ क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य देवेन्द्र पौडेलले उद्घाटन गर्दै नेपालको संविधान कार्यान्वयनको चरणमा भएकाले जनताको दैनिकीसँग सहकार्य गर्दै बिकास निर्माणको कामलाई आगाडि बढाउने बताएका छन् । सांसद पौडेलले संबिधान निर्माण भए पछि यसअधि पुरा नभएका कामहरु अब पुरा गर्ने विश्वास दिलााए ।

जन जागृति माध्यमिक बिद्यालयले शिक्षा र सस्कृतिको बिकासका लागी गरेको अभियान अन्य बिद्यालयले पनि सिको गनुपर्ने बताउदै प्रतिनिधी सभा सदस्य पौड्यालले यसलाई नमुना बिद्यालयको रुपमा स्थापित गर्न शिक्षक र अभिभावकहरुलाई आग्रह गरे ।

पौडेलले शिक्षाको बिकासले समाजको बिकास हुने भन्दै यस बिद्यालयलाई जिल्लाकै नमुना बिद्यालय बनाउनका लागी आफनो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै क्षेत्र नं २ ‘ख’ का प्रदेशसभा सदस्य टेक बहादुर घर्तीले आफु शिक्षा क्षेत्रमा पहिलेदेखिकै नजिक भएको हुदाँ शिक्षाले देशको बिकास हुनेमा जोड दिए ।

कार्यक्रममा गल्कोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरे, गल्कोट सामुदायिक सेवा केन्द्रकी अध्यक्ष मञ्जु शर्मा चालिसे, गल्कोट माद्यमिक बिद्यालयका प्र्रध्यानाध्यापक देबेन्द्र खत्री, समाजसेवी रेशम बुढाथोकी लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रम बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बेदिलाल सापकोटाको अध्यक्षता, शिक्षक सुरेन्द्र छन्त्यलको स्वागत मन्तब्य र सहायक प्रध्यानाध्यापक डिल बहादुर बुढाथोकीको सञ्चालनमा सम्पन्न भएको थियो ।

हिरक जयन्ीतका अवसरमा बिद्यालयले सञ्चालन गरेको आर्थिक अभियानमा हालसम्म १ करोड ४० लाख बढी संकलन भएको बिद्यालयका प्रध्यानाध्यपक तेजिन्द्र बुढाथोकीले जानकारी दिए ।

हिरक जयन्तिमा संकलन भएको रकमले बिद्यालयको शैक्षिक गुणस्तर बृद्धि, प्राबिधिक शिक्षा सञ्चालन, छात्राबासको ब्यवस्था, स्नातक तह संचालन गर्ने मुख्य उदेश्य रहेको प्रअ बुढाथोकीले बताए ।

आजदेखि सञ्चालन भएको उदघाटन कार्यक्रममा ५० हजार भन्दा बढी सहयोग गर्ने सहयोगदाता, चन्दादाता, जग्गादाता, पूर्व बिद्यालय ब्यवस्थापन समिति, पूर्व बिद्यालयका प्रध्यानाध्यापक लगायतलाई सम्मान गरिएको थियो ।

बिद्यालयले भोलिदेखि १ लाख राशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता सञ्चालन गर्ने बिद्यालयका साहायक प्रध्यानाध्यापक डिल बहादुर बुढाथोकीले जानकारी दिए । हिरक जयन्तिको अवसरमा खुल्ला सामुहिक नृत्य, अन्तर बिद्यालय स्तरिय बिबिध कार्यक्रम हुने ेबुढाथोकीले बताए ।

कार्यक्रममा बिद्यार्थीहरुले पिटी प्रदर्शन गरेका थिए ।

तस्वीर सौजन्य: रेणुका काउचा मगर, उप प्रमुख गल्कोट नगपालिका गल्कोट ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *