भिमसेन माध्यमिक विद्यालय बिहुँमा जोखिम तथा क्षेमता आकलन कार्यक्रम सम्पन्न

रनिश रानामगर, बागलुङ बिहुँ २०७४ माघ १० । यूरोपियन युनियन नागरिक संरक्षण मानवीय सहायताको सहयोग र प्लान इन्टरनेशनल नेपाल तथा नेपाल गाजा डेभलव्मेन्ट फाउण्डेशनको साझेदारीमा सन्चालित विद्यालय सुरक्षा तथा विपद जोखिम न्यूनिकरण परियोजना अन्तर्गत बिद्यालय स्तरिय जोखिम तथा क्षेमता आकलन कार्यक्रम काठेखोला गाउपालिका वडा नं ६ को भिमसेन माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रमका प्रमुख अतिथि काठेखोला गाउँपालिका वडा ६का अध्यक्ष युक्त प्रसाद कडेलले विद्यालयमा हुने जोखिम आंकलन कार्यक्रमले विद्यालयमा हुने क्षेति कम गर्न तथा सचेत रहन प्रभावकारी हुने धारणा राखेका थिए । साथै उक्त कार्यक्रममा समाजसेवी बृहस्पति कडेलले पनि मन्तव्य राखेका थिए ।

कार्यक्रममा विद्यालयको संकटासन्नता तथा क्षेमताको आकलन गरी प्रकोप पात्रो विद्यालयको आधार नक्शाङकन निर्माण गरि सुरक्षित स्थानको पहिचान तथा विद्यालय सुरक्षा योजना निर्माण गरिएको थियो।

नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनका फिल्ड सुपरभाइजर रण बहादुर थापा ले सहजीकरण गरेको तालिमुको सन्चालन शिक्षक लेखनाथ कडेल र ,स्वागत विद्यालय का प्रधानाध्यापक रघुनाथ कडेल र अध्यक्षता विद्यालय व्यबस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर थापाले गरेका थिए । ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.