सिरवारे बालविकास केन्द्रमा अध्ययनरत विपन्न/दलित बालबालिकालाई न्यानो कपडा वितरण !

समिक्षा खत्री, बागलुङ २०७४ माघ १० । गलकोट नगरपालिका–७, मल्मको सिरवारे दलित बस्तीमा संचालित बालविकास केन्द्रमा अध्ययनरत विपन्न दलित बालबालिकाहरूलाई जाडो मौसममा लगाउने न्यानो सुइटर, जुत्ता र मोजा नयाँ विश्व डटकमका सम्पादक निर्मलबहादुर श्रेष्ठ र अनलाइनका व्यवस्थापक अर्जुन चोखालले सिरवारे प्राविका प्रअ कल्पना गौतमलाई हस्तान्तरण गरेका छन ।

नयाँ विश्व डटकमले बागलुङ महोत्सवको बेला आफ्नो स्टलबाट सामाजिक उत्तरदायित्व अतर्गत उक्त बालविकास केन्द्रको लागि संचालित अभियानबाट संकलित रु १४ हजार रकमबाट बालविकासलाई चाहिने शैक्षिक सामाग्री, सहजकर्ता खाजा खर्च, शौचालय निर्माण, पि फर्म, बालबालिकालाई न्यानो कपडा दिइएको अनलाइनका कार्यकारी सम्पादक मुकेश राजभण्डारीले ईबागलुङलाई बताए ।

‘जनचेतनाको अभाव, गरिबी र सरकारी सेवा लक्षित वर्गमा नपुग्दा उक्त दलित गाउँमा बालविकास केन्द्र संचालन हुन सकेको थिएन’ सिरवारे प्राविका प्रअ कल्पना गौतमले भनिन ‘ बालविकास संचालनमा आएपछि १५ जना बालबालिकाहरु खेल्दै, गाउँदै र रमाउँदै पढ्ने गरेका छन् । केन्द्रका अध्यक्ष अथक विकले केन्द्र संचालन नहुँदा बालबालिकाहरू धुलो, माटोमा खेलेर समय कटाउने गरेको बताए ।

उक्त बालविकास केन्द्रलाई श्रोत व्यक्ति दिनेश पन्तले शैक्षिक सामाग्री, बागलुङ उघोग वाणिज्य संघका सह–कोषाध्यक्ष तथा अनलाइनका व्यवस्थापक चोखालले खाद्यान्न र बागलुङ कल्याण केन्द्र काठमाडौका दिदी बहिनीहरूले शैक्षिक सामग्री सहयोग गर्ने कार्यक्रम रहेको बालविकास केन्द्रका सदस्य ज्ञानबहादुर थापाले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *