बागलुङ जिल्लाको एकमात्र आँगिक ‘धौलागिरी बहुमुखी क्याम्पस’मा सेमेष्टर प्रणाली लागु !

सेमेष्टर प्रणाली लागु भएसँगै आगामी फागुन ५ गते स्नातकोत्तरको पहिलो प्रवेश परीक्षा !

किरण आचार्य, बागलुङ २०७४ माघ १० । धौलागिरी बहुमुखी क्याप्पसले यसै हप्ता आफ्नो ५५ औँ वार्षिकोत्सव मनाएको छ । सप्ताहव्यापी कार्यक्रमका साथ सुरु गरिएको क्याम्पसको वार्षिकोत्सव गत सोमवार सम्पन्न भएको हो । वार्षिकोत्सवको समापन सँगै बागलुङ जिल्लाको एकमात्र आँगिक धौलागिरी बहुमुखी क्याम्पसमा अब सेमेष्टर प्रणालीबाट पठन पाठन हुने भएको छ ।

वार्षिकोत्सवका शुभारम्भमा आयोजित ‘धौलागिरी बहुमुखी क्याम्पस वर्तमान र आगामि कार्यक्रम’ विषयक अन्तरक्रिया कार्यक्रममा क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायाले क्याम्पसमा स्नातकोत्तर र स्नातक तहमा सेमेष्टर प्रणाली लागुगर्ने योजना रहेको खुलासा गरेका थिए भने वार्षिकोत्सव समापनका अवसरमा त्रिवि सेवा आगोगका अध्यक्ष चैतन्य शर्माले स्वदेशमा रोजगारी सिर्जना गर्ने किसिमको शिक्षा प्रणाली शुरु गर्न त्रिभुवन विश्व विद्यालयले सेमेस्टर प्रणाली ल्याएको प्रष्ट पारेका थिए ।

बार्षिकोत्सवको समापन समारोहका प्रमुख अतिथी समेत रहेका त्रिवि सेवा आगोगका अध्यक्ष शर्माले नियमित पढ्ने र पढाउने चलन शुरु भएमा अनुसन्धनात्मक शिक्षाको विकास हुने बताएका थिए ।

अन्तरक्रिया कार्यक्रममा क्याम्पसमा पढाईको गुणस्तर कमजोर भएको र विद्यार्थी संख्या घटिरहेको समयमा गुणस्तरीय शिक्षाको लागि निकट भविष्यमै सेमेष्टार प्रणाली लागु गरिने योजना रहेको क्याम्पस प्रमुख उपाध्यायको भनाई थियो ।

अन्तरक्रिया कार्यक्रम मै वक्ताहरुले प्रदेश न ४ मा पि.एन. क्याम्पस पछिको ठूलो क्याम्पस भए पनि व्यवस्थापकीय कमजोरीका कारण खोज तथा अनुसन्धानमुलक पढाइको गुणस्तर कमजोर भएको प्रति चिन्ता व्यक्त गरेका थिए ।

यसैबीच सेमेष्टर प्रणाली लागु भएसँगै आगामी फागुन ५ गते धौलागिरी बहुमुख क्याम्पसमा स्नातकोत्तरको पहिलो प्रवेश परीक्षा लिईने क्याम्पस प्रमुख उपाध्यायले ईबागलुङलाई बताए ।

सप्ताहव्यापि कार्यक्रमको अन्तिम दिन भएको लोक नृत्य प्रतियागितामा सोनिया थापाको समुह प्रथम, सुधा घर्तीको समुह व्दितीय र तुलसी थापाको समुह तृतीय भएका थिए ।

बार्षिकोत्वसको अवसरमा आयोजित बिभिन्न कार्यक्रमका बिजेतालाई पुरस्कार बितरण गरिएको थियो भने क्याम्पसमा सवै संकाय तथा संस्थानवाट उत्कृष्ट अंक ल्याउने २६ जना बिद्यार्थी, उत्कृष्ठ प्रध्यापकको रुपमा डाक्टर दिनबहादुर थापा र उत्कृष्ट कर्मचारीको रुपमा डोलेन्द्र शर्मालाई सम्मान गरिएको थियो ।

कार्यक्रम क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायको अध्यक्षता सम्पन्न भएको थियो ।


फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *