तमानखोला गाँउपालिकाव्दारा स्वास्थ्य चौकीमा नवागन्तुक स्वास्थ्यकर्मीहरुलाई स्वागत !

सुमन सुनार, बुर्तिवाङ २०७४ माघ ९ । तमानखोला गाँउपालिकाले बोंगादोभान स्वास्थ्य चौकी र खुंखानी स्वास्थ्य चौकीमा नवागन्तुक अनमिहरुलाई स्वागत गरेको छ । लोकसेवा आयोगबाट पास भएर स्वास्थ्य सेवाका लागी बोंगादोभान स्वास्थ्य चौकीमा अनमिका रुपमा नियुक्त भएर आएका ईन्द्र कुमारी बुढा मगर र खुंखानी स्वास्थ्य चौकीमा अनमिका रुपमा नियुक्त भएर आएकी नमी घर्ती मगरलाई आज एक कार्यक्रमको आयोजना गरी स्वागत गरिएको गाँउपालिकाले जनाएको छ ।

यस्तै गाँउपालिकाले सोही कार्यक्रमको अवसर पारी बोंखानी सामुदायिक स्वास्थ्य ईकाईका लागी गाँउपालिकाबाट करार सेवामा छानौट भएकी अनमि सपना राम्जाली र अहेव कल्पना के.सीलाई पनि सम्मान तथा बधाई ज्ञापन गरेको छ ।

उनिहरुलाई गाँउपालिकाका अध्यक्ष जोकलाल बुढा मगरद्धारा फुलमाला र अविर लगाएर सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा बोल्दै गाँउपालिकाका अध्यक्ष बुढाले स्थानिय बासीहरु नै गाँउमा यसरी अनमि जस्तो गरिमामय पदमा नियुक्ती भएर आउँदा आफुलाई खुशी लागेको भन्दै बधाई तथा धन्यबाद ज्ञापन गरेका थिए । अध्यक्ष बुढाले आउदा दिनहरुमा यसरीनै सरकारी सेवा क्षेत्रमा तमान खोलाका नागरिकहरुको पहुँच बृद्धि गर्नका लागी गाँउपालिकाले त्यस सम्वन्धी शिक्षा र तालिमको सञ्चालन गर्ने प्रतिबद्धता जनाए । साथै उनले स्वास्थ्य क्षेत्र आम जनता संग जोडिएको सम्वेदनशील क्षेत्र भएको भन्दै अनुशासित एवं जिम्मेवार भएर स्वाथ्य सेवामा लाग्न आग्रह समेत गरे । उनले सेवाग्राहीहरुसंग शिष्टाचार तथा नम्रता पुर्वक प्रस्तुत भएर सेवा प्रवाह गर्न पनि सल्लाह दिएका थिए ।

यस्तै कार्यक्रममा गाँउपालिकाका उपाध्यक्ष मानसरी शेरचन, गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर विश्वकर्मा, गाँउ कार्यपालिकाका सदस्य लिल मायाँ विश्वकर्मा, जनजागृती माध्यमिक विद्यालय बोंगादोभान स्रोत केन्द्रका स्रोत ब्यक्ती बेद बहादुर बुढा, वडा नं. १ का वडा अध्यक्ष थम बहादुर रोका, वडा नं. २ का वडा अध्यक्ष मिन बहादुर घर्ति मगर, वडा नं. १ का सचिव सिव रिजाल, वडा नं. ३ का सचिव रेशम बुढा, कृषि प्राविधिक लिला बुढाथोकी, पशु प्राविधिक गुलाव मेहता लगायतको आतिथ्यता रहेको थियो ।

गाँउपालिकाका अध्यक्ष बुढाको अध्यक्षता रहेको कार्यक्रमा गाँउपालिकाका लेखापाल थम बहादुर थापाको स्वगत मन्तब्य रहेको थियो भने सञ्चालन बोंगादोभान स्वास्थ्यचौकी प्रमुख राजन कुमार थापाले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.