नाच्छु बरु बेसुरमा धुनको आशा राख्दिन म

नाच्छु बरु बेसुरमा धुनको आशा राख्दिन म
अध्यारोनै स्वीकार्य छ जुनको आशा राख्दिन म

बिना कारण माफी मागे झुक्न सम्म झुकेकै हो
अव भने तिमी संग गुनको आशा राख्दिन म

खल्लो पनि स्वाद आउछ खुसी मनले खाएपछि
संबेदना बिहिन संग नुनको आशा राख्दिन म

थेगीसके झरी बादल अव किन छहारी
आधा बाटो हिडेपछि उनको आशा राख्दिन म

खसुन बरु खुसीहरु स्वाभिमानको लागि
धन दौलत हिरामोती सुनको आशा राख्दिन म .

कोपिला कँडेल,
पत्रकार ।
बागलुङ २०७४ माघ ९ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.