प्रवास : जापानी पूर्व प्रेमिकामाथी छुरा प्रहार गर्ने नेपाली युवक पक्राउ !

जापान (टोकियो) २०७४ माघ ९ । एक जना नेपाली युवकले जापानी युवतीमाथी छुरा प्रहार गरेका छन् । छुरा प्रहार गरिएकी युवती कलेजकी विद्यार्थी भएको स्थानीय सन्चारमाध्यमहरुले उल्लेख गरेका छन् । घाईते युवती आफ्नी पूर्व प्रेमिका रहेको ती युवकले प्रहरी समक्ष बताएको समाचारमा उल्लेख छ ।

जापानको टोकियो स्थित ह्योगो कोन कोबे शहरमा गए मध्य राति २५ वर्षिय नेपाली युवक किशोर स्याङ्तानले १९ वर्षिया कथित पूर्व प्रेमिकाको छातीमा छुरा प्रहार गरेको स्वीकार गरेको समाचारमा जनाईएको छ ।

प्रहरी नियन्त्रणमा रहेका स्याङ्तानले प्रेममा आफुलाई धोका दिएकोले रिस थाम्न नसकी छुरा प्रहार गरेको बताएका छन् । सहकमीै मेघराज रिष्मेलीका अनुसार छुरा प्रहारबाट गम्भीर घाईते बनेकी जापानी युवतीको परिचय खुलाईएको छैन । छुरा प्रहार बाट घाईते बनेकी युवतीको अवस्था चिन्तामुक्त रहेको श्रोतले बतायो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *