जुना श्रीस र बसन्त थापाको आवाजमा विना सालैजो (भिडियो सहित)

थम्मन थापा सन्देश, गलकोट २०७४ माघ ८ । बागलुङ जिल्ला लोकदोहोरीको उर्वर भुमीको रुपमा परिचित छ । जिल्लाले धेरै सर्जक तथा श्रष्ठाहरु जन्मायो । यस जिल्लाबाट सांगितिक यात्रा तय गरेका धेरै कलाकारहरु अहिले चर्चाको शिखरमा छन । यसै क्रममा जिल्लाको गलकोट नगरपालिका ११ रिघामा जन्मिएकी चेली हुन जुना श्रीस ।

कर्णप्रिय आवाजकी धनी श्रीसका थुप्रै गीतहरु बजारमा आईसकेका छन । आम श्रोता तथा दर्शकको मन जित्न सफल गायिका श्रीसको नयाँ सालैजो विना सालैजो गीत भर्खर मात्र सार्वजनिक भएको छ । जुना श्रीसको लय तथा शब्द सिर्जना रहेको उक्त गीतमा चर्चित गायक बसन्त थापा र जुना श्रीसको सुमधुर आवाज रहेको छ । मौलिक लयमा आधारित उक्त गीतलाई अर्थपूर्ण बनाउन गीतको भिडियो बागलुङको गलकोट नगरपालिका ११ रिघामा छायाङकन गरिएको थियो ।

गीतमा जिन्दगीका पुराना सम्झनाहरुलाई माया प्रेम सँग जोडि तयार पारिएको छ । गायिका जुना श्रीसले आफ्नो विगतका सिर्जना जस्तै यो गीतलाई पनि सबैले मन पराइदिनमा आफु आशावादी रहेको बताइन् ।

जुना श्रीसको आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक भएको सो गीतमा गोविन्द पुन मगरले म्युजिक भिडियो निर्देशन गरेका छन । गीतमा करुणा पुन र सोनम काउचाले अभिनय गरेका छन भनें गीतको भिडियो छायाङकन तथा सम्गीपादन दान बहादुर श्रीसले गरेका छन । गीत सफलताको शुभकामना ।

गीतको भिडियो

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.