१३ सदस्यीय समुदाय स्तरीय बिपद तथा जलवायु उत्थान समन्वय समीती गठन

झरना कँडेल, बुर्तिवाङ, २०७४ माघ ७ । ढोरपाटन नगरपालिका वडा नं १ मा समुदायस्तरीय बिपद तथा जलवायु उत्थान समन्वय सम्बन्धी अभिमुखीकरण तथा समिती गठन गरिएको छ । युएस ए आईडीको अर्थिक सहयोग तथा गाजा डेभलपमेन्ट पाmउण्डेशनद्धारा सञ्चालीत सु आहारा कार्यक्रम अन्र्तगत ढोरपाटन नगरपालीका वडा नं १का वडाअध्यक्ष चित्र बहादुर भण्डारीको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा सुआहाराका फिल्ड सुपरभाईजर सन्तोष रिजालले कार्यक्रममा स्वागत गर्दैसुआहारा कार्यक्रमबारे प्रकाश पारेका थिए ।

त्यस्तै कार्यक्रममा स्थानीय बिपद प्रक्रिया तथा समिती गठनबारे समितीको काम कर्तब्य र अधिकारका बारे सुआहाराका रेजिलेन्स कन्सल्ट्यान्ट हेमन्तराज जोशीले जानाकारी गराएका थिए ।

सोही अबसरमा ढोरपाटन नगरपालिका वडा नं १ का अध्यक्ष चित्र बहादुर भण्डारीको अध्यक्षतामा १३ सदस्यीय समुदाय स्तरीय बिपद तथा जलवायु उत्थान समन्वय समिती गठन गरिएको छ ।

समितीमा वडा नं २ का सम्पुर्ण जनप्रतिनीधीहरु , नेपाल रेडक्रस सोसाईटीका प्रतिनीधी , ईलाका प्रहरी कार्यालय , स्वास्थ्य केन्द्र महिला स्वास्थ्य स्वयमसेबीका लगयत अन्य बिषयगत कार्यालय प्रमुखहरु लगायत रहेका छन् । समितीले भोलीदेखी आ–आफ्नो टोलमा रहेका योजना तर्जुमा गर्नेछन् ।
कार्यक्रमको समापन गर्दै ढोरपाटन नगरपालिका वडा नं १ का अध्यक्ष चित्रबहादुर भण्डारीले , कार्यक्रम उपलब्धीमुलक भएको बताउदै ,आफ्नो वडाबाट गर्नुपर्ने सम्पुर्ण सहयोेग गर्न आफु पछी नपर्ने थिए । कार्यक्रमको सञ्चालन सुआहाराका रेजिलेन्स सहजकर्ताले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *