सहकारीले हरेक समुदायलाई सहजता ल्याउछ – वडाध्यक्ष पौडेल

नारायण रिजाल, बागलुङ २०७४ माघ ६ ।बागलुङ नगरपालिका १३ पैयुँपाटामा रहेको शालिकग्राम बचत तथा ऋण सहकारी संस्थाको छैठौं साधारणसभा तथा तेस्रो अधिबेशन शनिबार सम्पन्न भएको छ ।

साधारण सभाको उदघाट्न गर्दै बानपा १३ का वडा अध्यक्ष नारायण शर्मा पौडेलले सहकारीले हरेक समुदायलाई सहजता ल्याउने बताए ।

कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष तथा ट्रेड युनियन काङ्ग्रेस बागलुङका अध्यक्ष रामप्रसाद अधिकारी, वडा सदस्य भवानी प्रसाद रिजाल, स्वास्थ सहकारी संस्थाका अध्यक्ष नरप्रसाद रिजाल, साना किसान सहकारी पैयुन्पाटाका अध्यक्ष जगदिस्वर शर्मा पौडेल, संस्थाका लेखा समिति सदस्य परशुराम रिजाल, ऋण उप समिति समायोजक यज्ञ प्रसाद रिजाल लगायतले बोलेका थिए ।

साधारणसभाले सचीव ऋषिराम रिजालको प्रगति प्रतिबेदन र कोषाध्यक्ष नारायण दत्त पौडेलको आर्थिक प्रतिबेदन सर्वसम्मत पारित गरेको थियो । त्यसै गरि संस्थाको तेस्रो अधिबेशनले दयाराम रिजालको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ।

समितिको उपाध्यक्षमा यशोदा क्षेत्री , सचीवमा सागर रिजाल कोषाध्यक्षमा राम प्रसाद रिजाल चयन भएका छन । समितिको सदस्यहरु सुरज रिजाल, नारायण रिजाल, राधा शर्मा रिजाल, सुस्मिता खड्का खत्री,र सरिता केसी चयन भएका छन त्यस्तै लेखा समितिको समयोजकमा लिलाधर रिजाल सदस्यमा महेन्द्र अधिकारी र रामकृष्ण रिजाल चयन भएका छन ।

संस्थाका अध्यक्ष शशिधर रिजालको अध्यक्षता सदस्य महेन्द्र अधिकारीको स्वागत सचीव ऋषिराम रिजालको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *