कुनैपनि हालतमा संविधान संशोधन प्रस्ताव पारित गराएरै छोडिन्छ- देउवा

बागलुङ २०७३ पुस १६ । नेपाली काँग्रेस क्षेत्र नं १ को आयोजनामा बागलुङ सदरमुकाममा राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आयोजित बिराट आमसभा सम्पन्न भएको छ ।

बिराट अमसभाका प्रमुख अतिथी एवं नेपाली काँग्रेसका सभापति पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा प्रस्तुत संविधान संशोधन विधयेकप्रति नेकपा एमालेले गर्दै आएको विरोध प्रति ईंगित गर्दै कुनैपनि हालतमा संशोधन विधयेक पारीत गराएरै छोड्ने बताएका छन् ।

उनले नेपाली काँग्रेसका तत्कालीन सभापति स्व सुशिल कोईराला र एमाले अध्यक्ष केपी ओलीले ५ न प्रदेशबाट पहाडी जिल्लालाई अलग गराउन हस्ताक्षर गरेको उल्लेख गर्दै त्यति बेला केपी ओलीले गाँजा खाएर हस्ताक्षर गरेको हो ? भनि प्रश्न गरेका थिए ।

सभापति देउवाले संविधान संशोधन गर्नु अहिलेको आवश्यकता रहेको बताउदै भने पहाडी र मधेसीको बिचमा भेदभाव र विभाजन गराएर राष्ट्रिय एकता कायम हुन सत्तैmन ।

एमाले, खासगरी अध्यक्ष ओली माथि सभापति देउवा खनिएका थिए । अहिले संविधान संशोधन विधयेक पारीत गर्न नदिने चलखेल सत्ता बाहिर बस्नु परेको पीडा हो भन्दै सभापति देउवाले एमाले राष्ट्रिय एकता विरोधी अभियानमा लागेको लान्छना पनि लगाए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.