जलवायु उत्थान समन्वय समितीको बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

झरना कँडेल, बुर्तिवाङ २०७४ माघ ६ । नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसन द्धारा सञ्चालित सु आहारा दोश्रो परियोजना अन्र्तगत ढोरपाटन नगरपालिका वडा नं २ मा समुदायस्तरीय बिपद तथा जलवायु उत्थान समन्वय समितीको बैठक तथा अभिमुखीकरण कार्यक्रम शनिवार सम्पन्न भएको छ ।


युएस एआईडी तथा एच के को आर्थिक सहयोगमा ढोरपाटन नगरपालिका वडा नं २ का वडाध्यक्ष युवराज महतको अध्यक्षता तथा वडा नं २ मा गठित समुदाय स्तरीय बिपद तथा जलवायु उत्थान समन्वय समितीबिच सम्पन्न भएको बैठक तथा २ दिने अभिमुखीकरण कार्यक्रममा समुदायका संकटापन्नता तथा क्षमता बिश्लेषण गरी , साबिकको २ , ३ ,४ र ५ वडाको योजना तर्जूमा गर्ने निर्णय गरिएको छ ।

समितीका तर्फबाट सहभागीले आ–आफ्नो समुदायमा रहेका समस्या तथा सम्भाबित योजनाका बिषयमा जानाकारी गराएका थिए । समुदायमा रहेको बिपद , प्रकोप तथा बिपद ब्यबस्थापनको बारेमा जानाकारी गराउदै बिपदबाट जोगीन सक्ने तरीका तथा भाबी योजनाका बारे रेजिलेन्ट कन्सलट्यान्ट हेमन्तराज जोशीले प्रकाश पारेको अभीमुखीकरण कार्यक्रमको सहजीकरण सुआहाराका फिल्ड सुपरभाईजर सन्तोष रिजालले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.