सिरबारे – मल्मडाँडा जोडने सडक निर्माण सम्वन्धमा अन्तरक्रिया सम्पन्न !

थम्मन थापा सन्देश, गल्कोट २०७४ माघ ६ । गल्कोट नगरपालिका ७ मल्ममा सडक निर्माण गर्ने विषयमा अन्तरक्रिया गरिएको छ । तल्लो सिरबारे देखि उपल्लो सिरबारे हुँदै मल्मडाँडा जोडने करिब २ किलोमिटर सडक निर्माण गर्न जनप्रतिनिधी, सरोकारवाला र स्थानिय बिच उक्त कार्यक्रम सम्पन्न भएको हो ।

सडक निर्माण गर्न गल्कोट नगरपालिकाले रु ५ लाख बजेट विनियोजन गरेको छ । योजना सम्पन्न गर्न सम्झौता गर्ने, रोड सर्भे गरि अनुमानित लागत तयार गर्ने लगायतका विषयमा छलफल भएको गल्कोट नगरपालिका वडा नं ७ का अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिए ।

अन्तरक्रियामा जनप्रतिनिधि, सडक निर्माण उपभोक्ता समितिका पदाधीकारी, स्थानियबासी लगायतको उपस्थिति रहेको थियो ।

अन्तरक्रिया कार्यक्रम सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष डिल बहादुर परियारको अध्यक्षता र सचिव उपेन्द्र दर्जीको सञ्चालनमा सम्पन्न भएको थियो ।

सिरबारेको दलित बस्तीलाई केन्द्रित गरि सडक निर्माण गर्न लागिएको हो । मल्म पाण्डवखानी सडक निर्माण भएको झण्डै १२ वर्ष पछि दलित बस्तीमा पहिलो पटक सडक पुर्याउन गलकोट नगरपालिका वडा नं ७ ले योजना तय गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.