अनेरास्ववियु बागलुङका जिल्ला भेला सम्पन्न अध्यक्षमा खडका चयन !

बागलुङ २०७३ माघ २३ । नेकपा एमाले समर्थीत विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को जिल्ला भेला शेखर खड्काको अध्यक्षतामा ५१ सदस्यीय अठारौँ बागलुङ जिल्ला सम्मेलन आयोजक कमिटी गठन गर्दै शनिबार सम्पन्न भएको छ ।

कमिटीको उपाध्यक्षमा दिनेश थापा, सचिवमा शिव शर्मा, उपसचिव प्रतिक घर्ती मगर र कोषाध्यक्षमा रविना विक रहेका छन् भनेआयोजक कमिटीले जेठको पहिला हप्ता जिल्ला अधिवेशन गर्ने बताएको छ ।

कार्यक्रम उदघाटन समारोहमा बोल्दै नेकपा एमाले वैकल्पिक केन्दीय सदस्य मना केसीले नेकपा एमालेलाई बलियो पार्टी निर्माण गर्ने विद्यार्थी संगठनको अहम भूमिका हुने भएकाले संगठन निर्माण र शैक्षिक अभियभानलाई अनेरास्ववियुले गति दिनुपर्ने बताएकी थिईन् ।

कार्यक्रममा अनेरास्ववियुका केद्रीय सदस्य तथा बागलुङ इन्चार्ज प्रकाश पौडेल, नेकपा एमाले जिलला कमिटी बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटा, सचिव लालबहादुर थापा, केन्द्रीय उर्जा विभाग सदस्य हिरा केसी लगायतले मन्तव्य दिएका थिए ।

कार्यक्रम अनेरास्ववियु जिल्ला अध्यक्ष नारायण पौडेलको अध्यक्षता, महेन्द्र शर्माको स्वागत र दानबहादुर श्रीसको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *