पार्टीको झण्डा बोकेर निस्केको र्‍याली होईन यो, प्रहरीको लागुऔषध विरुद्धको अभियान हो !

कास्की,(पोखरा) २०७४ माघ ६ । यो भिड कुनै राजनितिक पार्टिको बिजय जुलुशको होईन । नत कुनै मेला महत्सवको नै हो मानिसहरु हातमा पर्चा, पम्लेट, झण्डाहरु सहित विविध नाराहरु गुन्जाउदै घरघरबाट सडकमा उत्रिएका छन् । सबैका अनुहारमा हौसला उमँग देखिन्छ, यो भिड लागुऔषध दुर्व्यसनि विरुद्धको हो ।

लागुऔषध बिरुद्धको अभियानमा जुट्न आमनागरीकलाई आत्मियता प्रदान गरेको छ् कास्की प्रहरीको लागुऔषध विरुद्धको यो महाअभियानले । त्यसैले विश्व समस्याका रुपमा मालाउदै गईरहेको लागुऔषध दुर्व्यसनीको नियन्त्रणन गर्न आम सर्वसाधरणहरुको यो सहभागिता ऐतिहासिक छ ।

कास्की प्रहरीले सुरु गरेको लागुऔषध नियन्त्रणको महाअभियान अन्तर्गत पोखरामा शुक्रबार बृहत सचेतना र्‍याली पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जि। सी। को प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । भिडियो

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *