मानवअधिकार र राष्ट्रिय कार्ययोजना बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न !

कोपिला कंडेल, बागलुङ २०७४ माघ ६ । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रिय कार्यालय पोखराले शुक्रवार बागलुङमा आयोजना गरेको चौथो मानवअधिकार र राष्ट्रिय कार्ययोजना बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बिष्णु बहादुर थापाले मानव अधिकार उल्लंघनका घटना न्युनीकरण गर्नका लागि आफ्नो तर्फबाट सक्दो प्रयत्न गर्ने प्रतिबद्धता जनाउदै मानवअधिकारको ग्यारेण्टीका लागि राज्यका सबै संयन्त्र क्रियासिल रहनुपर्नेमा जोड दिए ।

सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद पाण्डेयले जानकारी र समन्वयको अभावमा कार्ययोजना कार्यान्वयन समिति निष्क्रिय रहेको बताउदैँ आयोगले सहजिकरण गरेर स्थानीय तहसम्म संयन्त्रको विस्तार गर्नुपर्ने बताए ।

त्यसैगरी जिल्ला समन्वय अधिकारी राम प्रसाद आचार्यले गरिबी अशिक्षा र सोझोपनका कारण अधिकाशं नागरिक मानवअधिकार हननको शिकार हुनुपरेको बताए । जिल्लामा लागु पदार्थ ओसार पसार हुने गरेको र त्यसको सिकार बिशेष गरी सिधा साधा र न्युन आय भएका नागरिकनै फसिने गरेको चर्चा गर्दै जिल्ला समन्वय समितिका अधिकारी आचार्यले सबै खाले बिकृति र बिसंगतिको अन्त्यका लागि राज्य लगायत सबै सरोकारवाला एक हुनुपर्ने बताए ।

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रिय कार्यालय पोखराका खिमलाल सुवेदीले कार्यक्रमको सहजिकरण गर्दै आयोगले गरेको अनुगमन अनुसार बिगतको अवस्थामा पछिल्लो पटक सुधारका सुचकहरु देखा परेको दाबी गरे ।

कार्यक्रममा बिभिन्न बिषयगत कार्यालयका प्रमुख एबं प्रतिनिधीहरुले आआफ्ना गतिबिधीबारे जानकारी गराएका थिए ।

सो अवसरमा बोल्ने बक्ताहरुले मानव अधिकारको संरक्षण र प्रबद्धनका लागि सबै एक हुनुपर्ने बताउदै आर्थिक बिपन्नता गरिबी र चेतनाको अभावका कारण जिल्लामा अधिकाशं मानवअधिकार उल्लंघनका घटना हुने गरेकोमा चिन्ता व्यक्त गरेका थिए । सहभागीले बिशेष गरी बालबालिका, अपाङ्ग र ज्येष्ठ नागरिकको अधिकार प्रति सबै सचेत हुन जरुरी रहेको पनि उल्लेख गरे ।

सहभागीले बजारमा खुलेआम अखाद्य पदार्थ र गुणस्तर हिन सामग्रीको बिक्रिवितरण हुनेगरेको चर्चा गर्दै मानव स्वास्थ्यमा खेलवार्ड गर्ने जो कोहीलाई कानुन बमोजिम कारबाही गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रम राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रिय कार्यालय पोखराका प्रमुख नितु बर्तौलाको अध्यक्षता र खेमलाल सुबेदीको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.