महिलाहरुका लागि उद्यमशिलता तथा नेतृत्व विकास तालिम

बागलुङ, २०७४ माघ ६ । बागलुङ नगरपालिका ८ सिगानामा तिन दिने उद्यमशिलता तथा नेतृत्व विकास तालिम बिहिवारदेखी शुरु भएको छ ।

बानपा ८ वडा कार्यालयको सहयोगमा परिवर्तनका लागि महिला सञ्जाल सिगानाले आयोजना गरेको तालिमको उद्घाटन वडा अध्यक्ष जितबहादुर जिसी ‘राजन’ले गरेका थिए । उद्घाटन पछि बोल्दै अध्यक्ष जिसीले तालिमले महिलाहरुको नेतृत्व विकास र सामाजिक गतिविधिमा थप सहभागिता बढ्ने बिश्वास व्यक्त गरे । ‘गाउँघरमा अझै पनि महिलाहरु गृहणीकै रुपमा सिमित हुने प्रचलन व्याप्त छ,’ जिसीले भने, ‘अब बिभिन्न सिप विकास तालिम मार्फत उनीहरुलाई समाजका हरेक गतिविधिमा सहभागी बनाएर आर्थिक रुपमा पनि सबल बनाउन पहल गर्छौ ।’

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले नेतृत्व विकासमा वाक् कलाको महत्व बढी हुने बताएका थिए । ‘के कस्तो र कसरी बोल्छांै भन्ने कुराले घर देखी समाज र सार्वजनिक कार्यक्रममा महत्व राख्छ,’ उनले भने, ‘तालिमले तिनै कुराहरुको बोध गराउनेछ ।’

आज सम्म चल्ने तालिममा साविक सिगाना गाविसका सबै वडाका ४० भन्दा बढी महिलाहरुको सहभागिता रहेको परिवर्तनका महिला सञ्जाल बागलुङका अध्यक्ष चित्रकला खड्काले जानकारी दिईन । तालिम उद्घाटन कार्यक्रम सञ्जालका अध्यक्ष खड्काको अध्यक्षता, सुशिला पन्तको स्वागत र टिका खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।

तालिममा राष्ट्रिय सहकारी बैकंका केन्द्रिय सञ्चालक रामबहादुर जिसी नेतृत्व विकास र उद्यमशिलता तथा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषले उद्घोषणकला र नेतृत्व विकास विषयमा सहजीकरण गर्ने संस्थाले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.