कालिका भगवती मन्दिरमा लाग्ने ऐतिहासिक चैत्राष्टमी मेलालाई निरन्तरता दिईने

खगेन्द्र विश्वकार्म, बागलुङ २०७४ माघ ६ । प्रसिद्ध कालिका भगवती मन्दिर परिसरमा लाग्ने चैत्राष्टमी मेलालाई कालिका भगवती गुठी व्यवस्थापन समितिले निरन्तरता दिने निर्णय गरेको छ ।

बिहीबार बसेको व्यवस्थापन समिति बैठकले बिगत बर्षहरुमा संचालन गरिदै आएका कार्यक्रमहरु समावेश गरी आगामी चैत्र ९ देखि १२ गतेसम्म मेला आयोजना गर्ने निर्णय गरेको छ ।

सरोकारवाला निकायहरुसंग समन्वय गरी मेलाको व्यवस्थापन गर्न गुठीका अध्यक्ष राजु खड्काको संयोजकत्व तथा सदस्य कुमार खड्का सचिव रहेको मूल आयोजक समिति समेत गठन गरिएको कालिका भगवती गुठीले जनाएको छ ।

यो बर्षको चैत्राष्टमी मेलामा राष्ट्यि लोक दोहोरी, भलिबल प्रतियोगिता, छेलो प्रतियोगिता लगायतका कार्यक्रमहरु समावेश गरिने छ । साथै बिविध मनोरन्जनात्मक कार्यक्रमहरु समेत समावेश गरिने सचिव कुमार खड्काले जानकारी दिए ।

चैत्र शुक्लअष्टमीको विशेष अवसरमा कालिका मन्दिरमा लाखौंको संख्यामा भक्तजन एवं दर्शनार्थिहरुले कालिका भगवती मन्दिरमा पूजा अर्चना गर्ने गर्दछन । यो अवसरमा परम्परा देखि नै मन्दिर परिसरमा स्वतःस्फूर्त रुपमा मेला लाग्छ । मेलामा लोक भाका, स्थानिय सामाग्रीहरुको प्रदर्शनी तथा खरिद विक्री विशेष रुपमा हुने गर्छ। ऐतिहासिक चैत्राष्टमी मेलाले जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक भित्राउन महत्वपूर्ण योगदान खलेको छ । पर्यटनका साथै सामाजिक, धार्मिक, सास्कृतिक तथा आर्थिक रुपमा निकै महत्व रहेको चैत्राष्टमी मेलाको भब्य व्यवस्थापनमा सहयोगका लागी संयोजक राजु खड्काले सबैमा अनुरोध गरेका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *