बिहुँमा माघे सक्रान्ति मेला सम्पन्न

भरत प्रसाद सापकोटा, बिहुँ २०७४ माघ ६ । काठेखोला ५ बिहुँ स्थित गौश्वरामा आयोजना गरिएको माघि मेला शुक्रवार समापन भएको छ ।

ग्रामीण अन्तर्निहित क्षमता कला र संस्कृतिको पहिचान लेख्खेश्वर उत्तरगंगा मन्दिर संरक्षण सम्बर्धन र विकाश मा हाम्रो अभियान भन्ने मुलनाराका साथ आयोजना गरिएको यस माघेसक्रान्ति मेलामा खुल्ला पुरुष भलिवल प्रतियोगिता ,महिला पुरुष रस्साकस्सी प्रतियोगिता ,घैटोफोर प्रतियोगिता ,साथै एकल नृत्य प्रतियोगिता आयोजना गरिएको थियो ।

ख़ुल्ला पुरुष भलिवलको उपाधि जनशान्ति युवा क्लव तंग्राम ४ ले जित्यो भने समाज विकाश युवा क्लव बिहुँ ५ राहाले व्दितिय स्थान प्राप्त गरेको थियो । यस प्रतियोगता मा १८ टिम को सहभागिता थियो। बिहानी युवा क्लवका अध्यक्ष सुंबेदार कृष्ण बहादुर को अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमा बिहानी युवा क्लवका सचिव भक्तबहादुर पुनले स्वागत मन्तव्य दिएका थिए ।

कार्यक्रम अवधिभर संस्कृति झल्कने सालैजो मगर नाच लगाएत विभिन्न किसिमका झाकीहरु प्रस्तुत गरिएको थियो ।

कार्यक्रम माघ १गते देखि माघ ५ गते सम्म चलेको थियो । सो कार्यक्रम को संन्चालन क्लव का सदस्य भरत पुनले गरेका थिए ।

सो कार्यक्रम मा वडा नं ७ अध्यक्ष प्रेम प्रसाद लामिछाने वडा ५ का सदस्य हेमलाल बि क जनजाति संघकी जिल्ला सदस्य कोपिला पुन नेकपा एमालेका गाउँपालिका उपसंयोजक प्रेम पुन लगाएत ले बोलेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *