चार भाईका परिवारले दिए जनजागृति माविलाई ५ लाख सहयोग !

कौरव खत्री, बागलुङ २०७४ माघ ५ । बागलुङ काँडेवास स्थित जनजागृति माध्यमिक विद्यालयको लागि एकैघर परिवारले ५ लाख भन्दा बढी आर्थिक सहयोग गरेका छन् ।

गल्कोट नगरपालिका वडा नं. ८ काँडेबासमा रहेको जनजागृति माध्यमिक विद्यालयको लागि सोही नगरपालिका वडा नं. ८ विरकोट निवासी जनजागृति माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं ललितपुर बौद्ध सेवा समाजका अध्यक्ष सुवेदार मेजर तुल बहादुर बुढाथोकी श्रीमती नरमायाँ बुढाथोकी र हाल यूके निवासी बागलुङ सेवा समाजका उपाध्यक्ष तथा गल्कोट सेवा समाजका कोषाध्यक्ष धन बहादुर बुढाथोकी र श्रीमति राजकुमारी बुढाथोकी र हाल हङकङ निवासी बागलुङ सेवा समाजका पूर्व अध्यक्ष एवं निवर्तमान सल्लाहकार यम बहादुर बुढाथोकी र श्रीमति नरमाँया बुढाथोकी र हाल काँडेवास निवासी जनजागृति माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक डिल बहादुर बुढाथोकी र श्रीमति तारा बुढाथोकीले गरि एकैघरका चार भाइहरुले संयुक्त रुपमा आफ्नो स्वर्गीय बुवा गन बहादुर बुढाथोकी र स्वर्गीय आमा दुर्गी बुढाथोकीको स्मृतिमा विद्यालयको लागि रु.५ लाख ६० रुपैया बराबरको विद्यालयलाई आर्थिक सहयोग गरेको विद्यालयका शिक्षक सोमलाल सापकोटाले बताए ।

जनजागृति माध्यमिक विद्यालयको ६० औ बर्ष पूरा गरेको अबसरमा यहि माघ १० देखि १४ सम्म हिरक जयन्ती मनाउन लागिरहेको पूर्व सन्ध्यामा यसरी विद्यालयको लागि विभिन्न व्यक्तिहरुबाट विद्यालयलाई सहयोग हुदै आएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *