वार्षिकोत्सवको पूर्व सन्ध्यामा अमृत आदर्श र युएस एकेडेमीमा विभिन्न प्रतियोगित सम्पन्न

बागलुङ २०७४ माघ ५ । अमृत आदर्श बोर्डिङ स्कूलले आफनो ३४ सौँ वार्षिकोत्सवको पूर्व सन्ध्यामा विभिन्न कार्यक्रमहरु सन्चालन गरिरहेको छ ।

यसैक्रममा आज जंक फुडमुक्त विद्यालय वातावरण निर्माणमा विद्यार्थीको भूमिका विषय अन्तरमावि निवन्ध लेखन प्रतियोगिता गरेको छ ।

आज नै विद्यालयमा छात्र छात्राहरुका लागि विभिन्न खेलकुद प्रतियोगिताहरु सम्पन्न भएका छन् । विभिन्न खेलकुद प्रतियोगिताहरुमा विद्यालयमा अध्ययनरत कक्ष १ देखी कक्षा १२ सम्मका छात्रछात्राहरुले सहभाविता जनाएका थिए ।

प्रतियोगितात्मक कार्यक्रमहरु आगामी माघ ७ गते सम्म जारी रहने र सरस्वती पूजाका दिन वार्षिकोत्सवको मुख्य कार्यक्रम गरिने विद्यालयले जनाएको छ ।

यसैवीच युएस एकेडेमी बागलुङले आफ्नो १५ औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार अन्तर विद्यालय आधारभूत तहस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।

१४ विद्यालयको सहभागिता रहेको हाँजिरी जवाफ प्रतियोगितामा आयोजक युएस एकेडेमी प्रथम, फ्युचर ब्राईटर व्दीतीय र विद्यामन्दिर तृतीय भएका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.