अधिकारीचौर छालहाल्नाका बाढी पीडितलाई खाद्यान्न वितरण !

कृष्ण कँडेल, बागलुङ २०७३ माघ २३ । सेतिबहरा संरक्षण विकास मञ्च अधिकारीचौर–५ ले गत साउनको बाढि पहिरोबाट घरबार विहिन भएका २७ परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको छ ।

मञ्चले तिहारको अवसरमा खेलेको देउसीभैलो कार्यक्रमबाट संकलित २ लाख २० हजार रकमबाट शनिबार चामल वितरण गरेको अध्यक्ष अमर बुढामगरले जानकारी दिए ।
अधिकारीचौर–५ छालहाल्नाका घरबार बिहिन भएका २७ परिवारलाई प्रतिपरिवार एक क्विन्टल ४५ किलोका दरले चामल प्रदान गरेको हो । गत साउन १० गते आएको बाढीले छालहाल्नामा रहेको २७ घरको एउटा वस्ती पुरै बगाएको थियो । विस्थापितहरु अधिकांश अहिले पनि आफन्तको घरगोठमा आश्रय दिएर बसेका छन भने केहि छालहाल्ना बाहिर रहेका आफ्नै गोठमा बस्दै आएका छन ।

घरबार विहिन भएका परिवारलाई खाद्यान्न सामग्री दिएर उनिहरुको दैनिक जीवनयापन केहि भएपनि सजिलो बनाउने प्रयास गरिएको अध्यक्ष बुढामगरले बताए ।

खाद्यान्न पाएपछि बाढि प्रभावितहरुले राहत महसुस गरेका वडा नागरिक मञ्चका संयोजक निमबहादुर बुढामगरको भनाई छ । मञ्चले सबै घरपरिवारलाई गरि जम्मा ३९ क्विन्टल १५ केजी चामाल वितरण गरेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *