ताराखोलामा सन्चालित माघे सक्रान्ति मेलाको समापन भोलि

शान्त खत्री मौसम, बागलुङ २०७४ माघ ४ । माघे सक्रान्ति मेला ब्यवस्थापन समिति ताराखोला गाउपालिका वडा ३ को १३ औ बार्षिक उत्सव कार्यक्रम माघ १ गतेदेखि सञ्चालन भईरहेको छ ।

कार्यक्रममा बोल्दै प्रदेश नम्बर २ का सांसद चन्द्र बहादुर बुढा सागरले माघे सक्रान्ति पर्वलाई स्थानियले संरक्षण गरेको भन्दै राज्य तबरबाट पनि संरक्षणलाई ध्यान दिनुपर्ने बताए ।

बुढाले स्थानियले जनप्रतिनिधिहरुलाई बिकास निर्माणका लागी खबरदारी गनुपर्ने बताए। कार्यक्रममा ताराखोला गाउपालिका ३ का अध्यक्ष डिल बहादुर बस्नेत, राजनैतिक दलका तर्फबाट जनमोर्चाका डम्बर थापा लगायतले मन्तब्य व्यक्त गरेका थिए ।

बार्षिक उत्सत्वसका अवसरमा आयोजना गरिएको साबिकको वाड स्तरिय पु्रुष भलिबल प्रतियोगितामा संगम युवा क्लब हरिचौर र आयोजक फाईनलमा प्रवेश गरेका छन । बार्षिक उत्सवको अवसरमा धनुषवाण, एकलनृत्य लगायतका प्रतियोगिताहरु आयोजना गरिएको छ ।

कार्यक्रम क्लबका अध्यक्ष निरज पुन बगालेको अध्यक्षता, दिपज्योति प्राबिको प्रध्यानाध्यापक खड्क बहादुर नाउसाको स्वागत मन्तब्य र क्लबका झम बहादुर पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा क्लबका सहसचिव राजकुमार अठारेले प्रगति प्रतिबेदन प्रस्तुत गरेक ाथिए। कार्यक्रमको सभापन भोलि गरिने बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.