ताराखोलामा २ दिने आलु खेती सम्बन्धि तालिम सम्पन्न

पूर्णभद्र निउरे, ताराखोला, २०७४ माघ ३ । ताराखोला गाउपालिकाको आयोजनामा संचालित २ दिने आलु खेती सम्बन्धि तालिम वडा न ४ तारामा आज सम्पन्न भएको छ ।

कृषकहरु लाई ब्याबसायिक आलु खेती सम्बन्धी उन्नत प्रबिधीको बारेमा जानकारी गराउने उदेश्यले आयोजना गरिएको उक्त तालिममा आलु खेती लगाउने तरिका, रोग किरा नियन्त्रण , भण्डारण सम्बन्धि प्रयोगात्मक अभ्यास सहित तालिम प्रदान गरिएको वडा अध्यक्ष जित बहादुर खत्रीले जानकारी दिए ।

तालिममा ताराखोला गाउपालिका वडा न ४ का ३२ जना अगुवा कृषकहरुको सहभागिता रहेको थियो भने तालीमको सहजीकरण ताराखोला गाउँपालिकाका कृषि हाखा प्रमुख गोबिन्द थकुल्लाले गरेका थिए ।

समापन कार्यक्रममा वडा न ४ की दलित महिला सदस्य धन माया बि क सहभागी तुलमाया निउरे, मनबिर बिक लगायतले मन्तव्य राखेका थिए ।
समापन कार्यक्रम कृषि संजाल वडा न ४ का अध्यक्ष खगराज सापकोटाको अध्यक्षता र प्रशिक्षक गोबिन्द थकुल्ला को संचालन मा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *