पर्वत रानीपानीमा सञ्चालीत महायज्ञमा सवा २ करोड रकम सङकलन !

माधब पराजुली पर्वत २०७३ माघ २२ । पर्वतको दक्षीणी भेग रानीपानी गाबिसमा सञ्चालीत एक हप्ते धार्मीक एवम् शैक्षिक महोत्सव तथा श्रीमद्भागवत ज्ञान महायज्ञमा २ करोड २५ लाख रकम संकलन भएको छ । नेपाल तारा मा.बि.मा स्नातकतह सञ्चालन गर्ने र प्राबिधिक विषयको पठनपाठन लाई थप स्तरउन्नती गर्न आर्थिक स्रोत जुटाउने उद्देश्यले शनिवार बाट धार्मीक शैक्षिक महोत्सव तथा महायज्ञ शुरु भएको थियो । महायज्ञ सकिए पनि आर्थिक सहयोग गर्ने क्रम भने जारी रहेकाले महायज्ञमा संकलित रकम अझै बढ्ने अपेक्षा गरेको महायज्ञ मुल आयोजक समितिले जनाएको छ ।

महायज्ञ मूलआयोजक समितिका अध्यक्ष होमनाथ पराजुलीले महायज्ञमा आर्थिक, नैतिक र भौतिक सहयोग गरी कार्यक्रम सफल बनाउन सहयोग र्पुयाउने सबैप्रति आभार व्यक्त गरेका छन् ्। उनले दान नै सबैभन्दा ठूलो धर्म भएको बताउदै दाताहरुले सहयोग गरेको रकम सहि ठाउँमा सदुपयोग गर्ने बताए । पराजुलीले सङकलित रकमको समयमैं सदुपयोग गरी बिहादी बहुमुखी क्याम्पस स्थापना गरी प्राबिधिक विषयको पठनपाठनलाई थप व्यवस्थीत सगैँ विद्यालयको भौतिक, शैक्षिक सुधारमा खर्च गरिने बताए ।

त्यस्तै सहयोगीहरुले आफुले गरेको सहयोग रकम समयमै सदुपयोग गर्न आग्रह गर्दै नपुग हुने रकम स्रोत पहिचान गरेर सहयोग गर्ने प्रतिवद्धता जनाए । साथै उनीहरुले गाउँको विकासका लागी आफुहरु हरपल तमतयार रहेको बताएका थिए ।

सोही अवसरमा सहयोगीहरुलाई प्रसिद्ध वाचक दिनबन्धु पोखरेलले सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए । साथै महायज्ञको सातै दिन पं दीनबन्धु पोखरेलल कथा वाचन गरेका थिए ।

महायज्ञ अवधिभर दान गर्न आमा समूह, टोल विकास संस्था, क्लव, शैक्षिक संस्था सहित दानवीरहरूको घुँइचो लागेको थियो । दान गर्नका लागि पर्वत,गुल्मी,स्याङजा,बाग्लुङ लगाएतका जिल्लाका गाविसहरू बाट भक्तजन र दानवीरहरू पुगेका थिए ।

महायज्ञमा व्यक्तीगत रुपमा सबै भन्दा बढी दान काठमाडौँमा कार्यरत जनसेवी लघु वित्तका अध्यक्ष विकास गौचनले ५ लाख २५ हजार प्रदान गरेका थिए भने रानीपानीका चुण्डामणी पौडेलले रु.२ लाख २७ हजार सहयोग गरेकमा थिए । त्यस्तै परिवारको तर्फ बाट सबै भन्दा बढी गगनबहादुर कुवँरको परिवारले १० लाख र टिकाराम क्षेत्रीको परिवारले रु.६ लाख प्रदान गरेका थिए । यसै बिच उक्त महायज्ञको उद्घाटन गर्न पुगेका सांसद विकास लम्सालले २० लाख रकम दिने घोषणा गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *