निसी भल्कोटमा पुतली बगाउने कार्य सम्पन्न : अबको समय देश निर्माणको हो-सांसद घर्तीमगर

राम सुवेदी, बागलुङ २०७४ माघ ३ । निसीखोला गाउँपालिकाको भल्कोटमा तिलाचन युवा क्लवले आयोजना गरेको माघे सक्रान्ति मेलाको आज प्रदेश सभा साँसद टेकबहादुर घर्ती मगरले उदघाटन गरेका छन् ।

उदघाटन पछि बोल्दै, साँसद घर्तिले, अवको समय देश निर्माणको अभियान भएकाले अव देश समृद्धितर्फ जान कसैले छेक्न नसक्ने बताए । देश बनाउने युवाहरु विदेश पलायन हुने अवस्था सिर्जना भएको छ यसको अन्त्यका लागि अव देशमा स्थिर सरकार बन्ने र उक्त सरकारले वेरोजगार युवाहरुलाई रोजगारी दिने कार्यक्रम ल्याउने घर्तीको कथन थियो ।

यसैबीच निसीको भल्कोटमा परम्परागत रुपमा रहेको पुतली नाच आजै प्रदर्शन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि घर्तीले, स्थानीय कला संस्कृति र परम्परालाई संरक्षण गर्दै यसले नेपालीहरुको भिन्न भिन्न पहिचान र संस्कृतीले पहिचान दिएको स्मरण गराउदै अवको पुस्ताले पनि उक्त संस्कृतिको जगेर्ना गर्दै जानुपर्नेमा जोड दिए ।

यस्तै कार्यक्रममा वडा नं. ६ का वडा सदस्य हेम प्रसाद बुढाले आदिवासी जनतातीहरुको आफ्नो मौलिक परम्परा पुतली नाच, होरे, कपैया र भालु नचाउने कलात्मक संस्कृती रहेको बताउँदै यसको संरक्षणमा राज्यले समेत ध्यान दिनु पर्नेमा जोड दिए ।

क्लवले आयोजना गरेको कार्यक्रम अन्तरगत पुरुष तथा महिला भलिवल प्रतियेगीता, लोक दोहोरी गित प्रतियोगीता लगायतका साँगीतिक कार्यक्रमहरु भोलिदेखि सुरु हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा क्लवका अध्यक्ष कुशल बुढा मगरको अध्यक्षता तथा सल्लाहकार लिला बहादुर बुढाको स्वागत मन्तव्य रहेको थियो । पुतली नाच पर्दशन पछि आजै स्थानीय परम्परा अनुसार पुतली बगाउने कार्यक्रम समेत सकिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *