सार्वजनिक यात्रु बोक्ने तीन निजी सवारी कार्वाहीमा !

बुर्तिवाङ २०७४ माघ ३ । निजी सवारका लागि नेपाल सरकारले व्यवस्थापन गरेको रातो प्लेट गाडिहरुले ग्रामीण क्षेत्रमा सार्वजनिक सवारी बोक्दै हिडेको बाक्लै पाईन्छ, तर नियम विपरीत सार्वजनिक सवार बोक्ने रातो प्लेट गाडीको अव नियमित निगरानी हुनेभएको छ ।

बुर्तिबाङ ढोरपाटन यातायात व्यवसायी समिति, इलाका प्रहरी कार्यालय बुर्तिबाङ र ट्राफिक प्रहरीको संयुक्त चेकजाँचका क्रममा आज ढोरपाटन नगरपालिकाको हुन्द्रफेदीमा २ वटा गाडी र एक मोटरसाईकल कार्वाहीमा परेका छन् ।

रातो प्लेट गाडीले आफ्नो नितान्त नीजी सवार तथा माल सामान ढुवानी गर्न सक्छ तर सार्वजनिक रुपमा अरु यात्रु बोक्न पाउँदैन । यसरी सार्वजनिक यात्रु बोक्दै गरेका ग २ च ९११ नं. को पिकअप तथा अर्को लु १ च १४८८ नं. को प्राइवेट गाडी आज छडके चेकजाँचका क्रममा कार्वाहीमा परेको ट्राफिक बसन्त पौडेलले बताए ।

चेकजाँचलाई सहजीकरण गर्न इलाका प्रहरी कार्यालयबाट प्रहरी टिम, बुर्तिबाङ ढोरपाटन यातायात व्यवसायी समितिका बरिष्ठ उपाध्यक्ष कुलबहादुर सिंजाली मगर र महासचिव नरहरी भुसाल समेतको उपस्थिति रहेको जनाइएको छ ।

ट्राफिक प्रहरीका अनुसार अव चेकजाँचलाई तीव्र पारिने र स्थान परिवर्तन गरि नियम विपरीत सवारी चलाउनेहरुलाई कार्वाहीको दायरामा ल्याइने बताइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.