स्वास्थ्य स्वयम् सेविका तालीम सम्पन्न, सिकेको ज्ञानलाई व्यवहारमा उतार्ने प्रतिवद्धता !

झरना कँडेल, बुर्तिवाङ २०७४ माघ ३ । महिला स्वास्थ्य स्वयम् सेबिकाका लागी बुर्तिवाङमा सञ्चालित दुईदिने तालीम आज सम्पन्न भएको छ ।

नेपाल गाजा डेब्लभमेन्ट फाउण्डेशन द्धारा सञ्चालित सु आहारा कार्यक्रमको आयोजनामा ढोरपाटन नगरपालिका वडा नं १ २ र ३ का महिला स्वास्थ्य स्वयम्सेबिकाका लागी समुदायमा आधारित नबजात शिशु तथा बालरोग एकीकृत ब्यबस्थापन सम्बन्धी दुईदिने तालीमको आज समापन गरिएको हो ।

तालीममा मातृ स्वास्थ्य , नबजात तथा २ महिना सम्मका शिशुको स्याहार , २ महिना देखी ५ बर्ष सम्मका बिरामी बच्चाहरुको ब्यबस्थापन लगायतका बिषयमा बुर्तिबाङ प्राथामिक स्वास्थ्य केन्द्रका डा. मिलन मल्ल र स्टाफ नर्स पार्बती अर्यालले प्रशिक्षण दिएकी थिईन् ।

ढोरपाटन नगरपालीकाका ३ वटा वडाका २८ जना महिला स्वयम्सेविकाको सहभागिता रहेको तालीमको समापनका अबसरमा सहभागीले यो तालीममा सिकेका कुरालाई ब्यबहारमा उतार्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रमको समापन गर्दै बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका डा. मिलन मल्लले तालीममा सिकेका कुरालाई ब्यबहारमा उतारी आफ्नो घर तथा आफ्नो समाजलाई स्वच्छ र स्वस्थ राख्न आग्रह गरेका थिए । तालीमको सहजीकरण सुआहाराका सन्तोष रिजालले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *