जम्मदिनको अवसरमा उपाध्यक्ष घर्तीले दिए रामानुज आश्रममा खाद्य सामग्री !

बागलुङ, २०७४ माघ ३ । युवा संघ नेपाल बागलुङका उपाध्यक्ष रेशम घर्तिले आफ्नो जन्मदिनको अवसरमा कालीगण्डकी नजिकै रहेको निरयघाट स्थित रामानुजम आश्रमलाई खाद्य सामग्री प्रदान गरेका छन् ।

आफ्नो २६ आँै जन्मोत्सवको अवसरमा विभिन्न कारणले घर–परिवार देखि टाढा भई आश्रममा बस्दै आएका वृद्धवृद्धाहरुको दैनिकीमा सहजता आउने भएकाले खाद्यसामग्री वितरण गरेको बताएका छन् ।

पछिल्लो समयमा जन्मदिन विशेष खर्चिलोरुपमा मनाउने प्रचलन भएता पनि आफुले भने उनीहरुको दैनिकीमा सहजता ल्याउने उदेश्यले जन्मोत्सव खर्च कटौती गरि दैनिक खाद्य उपभोग्य वस्तु वितरण गरेको उपाध्यक्ष घर्तीले जानकारी दिए ।

घर्तीले आश्रमकी पुरुषोत्तम आमालाई दैनिक उपभोग्य वस्तु चामल, दाल, चिनी, नुन, तेल, सावुन लगायतको सामग्री हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा नेकपा एमाले बागलुङका जिल्ला सचिव लालबहादुर थापाले पछिल्लो समयमा जन्म उत्सव फजुल खर्च गरि मनाउनुभन्दा मानवीय र सामाजिक कार्यमा खर्चिनु सह्रानीय कार्य भएको बताए ।

रामानुजम आश्रमकी पुरुषोत्तम आमाले धन्यवाद ज्ञापन गरेकी थिईन् भने कार्यक्रमको संचालन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका जिल्ला सचिव शिव शर्माले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *