Sorry, that menu does not exist.
 

बागलुङमा भूकम्प सुरक्षा दिवस !

बागलुङ २०७४ माघ ३ । बागलुङ सदरमुकाममा मंगलकार भूकम्प सुरक्षा दिवस, बिभिन्न मनाइएको छ ।

वि.सं. १९९० को महाभूकम्प र त्यसबाट पुगेको जनधनको क्षतिको स्मरण गर्दै आगामी दिनमा भूकम्पका कारण हुने जनधनको क्षति न्यूनीकरण गर्न जनचेतना फैलाउने र सुरक्षाका उपाय अवलम्बन गर्ने उद्देश्यले २०५५ सालदेखि माघ २ गतेलाई भूकम्प सुरक्षा दिवसका रुपमा मनाइँदै आएको हो ।

‘सबल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको बलियो आधार’ भन्ने नाराका साथ मनाइएको दिवसका अवसरमा बागलुङमा प्रभातफेरी गरिएको थियो । वीरेन्द्र ऐश्वर्य पार्क परिसरबाट शुरु भएको ¥याली बजार परिक्रमा पछि सोही स्थानमा आएर समापन गरिएको थियो ।

सो कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख बिष्णु भुषालले भूकम्पका कारण भत्किएका निजी, सार्वजनिक र संस्कृतिक सम्पदा पु्नर्निर्माणमा भएको ढिलासुस्तीले सम्पूर्ण नेपालीलाई गिज्याइरहेको भन्दै यसको पुर्ननिर्माणमा सबै गम्भिर भएर लाग्नुपर्ने आवश्यकता औल्याएका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापाको अध्यक्षता, भवन डिभिजन कार्यालयका इञ्जिनियर तेजेन्द्र केसीको स्वागत र भवन डिभिजन कार्यालयका बद्रि पौडेलको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा भवन डिभिजन कार्यालयका प्रमुख प्रकाश अर्यालले पनि मन्तव्य व्यक्त गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply