ढोनपाका सामुदायिक विद्यालयका निजी स्रोतका शिक्षकको तलव भत्ता नगरपालिकाले व्यहोर्ने !

सुमन सुनार, २०७४ माघ ३ । ढोरपाटन नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयका निजी स्रोतका शिक्षकहरुलाई आगामी आर्थिक बर्ष देखि नगरपालिकाले तलब भत्ताको ब्यवस्था गर्ने भएको छ । नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा शिक्षक दरबन्दी अभावका कारण पठनपाठनमा समस्या भएको भन्दै त्यसको ब्यवस्थापनका लागी आज नगरपालिकाको कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीको अध्यक्षतामा नगरपालिकास्तरका सम्पुर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु तथा सरोकारवालाहरुको एक बैठकले नगरपालिका क्षेत्रमा शिक्षाको सुधारका निम्ती अन्य विभिन्न निर्णयहरु समेत गरेको छ । जस अन्तर्गत ढोरपाटन नगरपालिकामा आगामी शैक्षिक सत्र देखि सम्पुर्ण सामुदायिक विद्यालयहरुमा अनिवार्य रुपमा अग्रेजी माध्यमबाट पठनपाठन गरिने भएको छ ।

खस्कदो शैक्षिक गुणस्तरका कारण सामुदायिक विद्यालयहरुमा बालबालिकाहरुको आकर्षण घट्दै जान थाले पछि सामुदायिक विद्यालय प्रति विद्यार्थीहरुको आकर्षण बढाउन तथा शैक्षिक गुणस्तर बृद्धिका लागी आगामी शैक्षिक सत्र देखि अंग्रेजी माध्यमबाट पठनपाठन गराउने निर्णय गरिएको नगरप्रमुख नेपालीले बताए ।

यस्तै शैक्षिक गुणस्तर बृद्धिका लागी अनिवार्य कम्प्युटर शिक्षाको समेत ब्यवस्था गर्ने निर्णय गरिएको छ । जसका लागी हरेक विद्यालयमा १÷१ थान कम्प्युटर सहित प्रोजेक्टरको समेत नगरपालिकाले छिटै ब्यवस्था गरिदिने नगरप्रमुख नेपालीले प्रतिबद्धता जनाएका छन् ।

यसैविच अव देखि कक्षा ८ को जिल्लास्तरिय परिक्षा नगरपालिकाले सञ्चालन गर्ने भएको छ । शिक्षा मन्त्रालयले कक्षा ८ को जिल्ला स्तरिय परिक्षा सञ्चालन गर्न स्थानिय निकायलाई जिम्मा दिए संगै शिक्षा विभागले निर्णय गरि सबै स्थानिय निकायलाई परिक्षा सञ्चालन गर्न निर्देशन दिएको थियो । सोही अनुसार ढोरपाटन नगरपालिकाले पनि परिक्षा सञ्चालन गर्ने भएको हो ।

शैक्षिक गुणस्तर अभिबद्धिका लागी आजको बैठकले गरेको सम्पुर्ण निर्णयहरुको कार्यन्यन तथा ब्यवस्थापनका लागी नगर प्रमुख देवकुमार नेपालीको संयोजकत्वमा ७ सदस्यीय नगरपालिका स्तरिय शिक्षा अनुगमन समितिको गठन गरिएको छ । समितिका अन्य सदस्यहरुमा उत्तरगंगा माध्यमिक विद्यालयका स्रोत ब्यक्ती हरिचन पाण्डे, उत्तर गंगा माध्यमिक विद्यालयका शिक्षक निम बहादुर जि.सी, प्रकाश माध्यमिक विद्यालयका प्र.अ दुर्गा बहादुर थापा, शिवालय माध्यमिक विद्यालयका प्र.अ देबेन्द्र छन्त्याल, ज्ञानोदय माध्यमिक विद्यालयका प्र.अ यम बहादुर कायत र गंगा प्राथमिक विद्यालयका प्र.अ कोपिला के.सी रहेका छन् । शैक्षिक ब्यवस्थापनका लागी आवश्यक उप–समिति गठन गर्ने निर्णय समेत गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *