लेवाङवासीले यसरी गरे नगरप्रमुख नेपालीको स्वागत : गाउँको विकासमा लाग्न युवालाई आग्रह !

राम सुवेदी, बुर्तिवाङ २०७४ माघ ३ । निसीखोला गाउपालिका साविक देविस्थान गाविसको लेवाङमा आयोजित होरेमेला तथा माघे सक्रान्ति मेलाको ढोरपाटन नगरपालिकाका नगर प्रमुख देबकुमार नेपालीले प्रमुख अतिथिका रुपमा उदघाटन गरेका छन् ।

उद्घाटन पछि बोल्दै नगरप्रमुख नेपालीले, अव देश निर्माणको प्रक्रियामा अघि बढेको बताउँदै विकासका लागि सबैको एकता आवश्यक रहेकोमा जोड दिंदै गाउँको विकासमा युवाहरुलाई सक्रियताका साथ लाग्न आग्रह गरे ।

प्रमुख अतिथी नेपाली कार्यक्रम स्थल पुग्दा लेवाङवासीले दिल खोलेर स्वागत गरे । गलाभरी फूलको माला, अनुहार भरी रातो अविर लगाएका कार्यक्रमका प्रमुख अतिथि नेपालीले लेवाङवासीलाई करिव २ लाख २८ हजार सहयोग गरे ।

प्रमुख अतिथी नेपालीले आयोजक गोर्खाव्वायज युवा क्लवलाई सामाजिक कार्यका लागि प्रोत्साहन स्वरुप रु ६० हजार , स्थानीय झुप्रीकोट आधारभुत विद्यालयलाई अक्षयकोषमा ५१ हजार, क्षितिज नमूना प्राविलाई ५१ हजार र किटेनी प्राविलाई ५१ हजार अक्षयकोष प्रदान गरेका छन् ।

नगरप्रमुख नेपालीले स्थानीय कला संस्कृति होरे नाच, मारुनी नाच, आमा समुह, पञ्चेवाजा समुहलाई ३÷३ हजारका दरले १८ हजार थप रकम हस्तान्तरण गरेका थिए । यस्तै क्लवले एम्वुलेन्स खरिद गर्ने प्रक्रिया थालेको भन्दै खरिद प्रक्रियामा आफूले सक्दो सहयोग पु¥याउने उनले बचन समेत दिएका छन् ।

क्लवले आयोजना गरेको कार्यक्रममा होरे नाँच सँगै स्थानीय पञ्चेवाजा, मारुनी नाच र आमा समुहको नृत्य प्रस्तुति रहेको थियो । अझै ३ दिन चल्ने कार्यक्रममा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने आयोजकका तर्फबाट अध्यक्ष ललित रानाले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *