३ बिधेयक पारित गर्दै बागलुङ नगरपालिकाको दोश्रो बिधेयक अधिबेशन सकियो

कोपिला कंडेल, बागलुङ २०७४ माघ ३ । बिभिन्न ३ वटा बिधयक पारित गर्दै बागलुङ नगरपालिकाको दोश्रो बिधेयक अधिवेशन हिँजो सकिएको छ । बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलको अध्यक्षतामा सम्पन्न अधिवेशनले आज बागलुङ नगरपालिकाको सहकारी ऐन २०७४ र कृषि ब्याव्साय प्रबद्धन ऐन २०७४ पारित गरेको हो ।

यसअघि बागलुङ्ग नगरपालिकाको आर्थिक कार्यबिधि नियमित तथा व्यवस्थित गर्न बनेको कानुन २०७४ पारित गरेको नगरपालिकाका योजना तथा प्रशासकीय अधिकृत युक्त प्रसाद सुबेदीले जानकारी दिए ।

उल्लेखित बिधेयकहरु नगर सभाका सचिव नारायण प्रसाद साप्कोटाले टेबुल गरेका थिए । गत पुस २५ गते देखी शुरु भएको अधिवेशनमा सरकारी अधिकारी, नगरपालिकाका कर्मचारी र नागरिक अगुवाको सहभागिता रहेको नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्काले जानकारी दिए । पारित गरिएका बिधेयकहरु नगरपालिकाका प्रमुख जनकराज पौडेलले १५ दिन भित्र प्रमाणिकरण गरेपछि ऐनको रुपमा नगरपालिका भरी लागु हुने बताईएको छ ।

सामान्यतयाः हिउदे अधिवेशनलाई बिधयेक अधिवेशनको रुपमा हेरिन्छ भने बर्षे अधिवेशनलाई बजेट अधिवेशनको रुपमा हेरिने गरिन्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.