बुर्तिबाङमा आयोजित दुई दिने महिला स्वास्थ्य स्वयम् सेविका तालीमको समापन आज

झरना कँडेल, बुर्तिबङ २०७४ माघ ३ । महिला स्वास्थ्य स्वयम्सेबिकाका लागी दुई दिने तालीम बुर्तिवाङमा हिँजो देखी सुरु भएको छ ।

नेपाल गाजा डेब्लभमेन्ट फाउण्डेशन द्धारा सञ्चालित सु आहारा कार्यक्रमको आयोजनामा ढोरपाटन नगरपालिका वडा नं १ २ र ३ का महिला स्वास्थ्य स्वयम्सेबिकाका लागी समुदायमा आधारित नबजात शिशु तथा बालरोग एकीकृत ब्यबस्थापन सम्बन्धी दुईदिने तालीम सुरु गरिएको हो ।

तालीममा मातृ स्वास्थ्य , नबजात तथा २ महिना सम्मका शिशुको स्याहार , २ महिना देखी ५ बर्ष सम्मका बिरामी बच्चाहरुको ब्यबस्थापन लगायतका बिषयमा बुर्तिबाङ प्राथामिक स्वास्थ्य चौकीका डा. मिलन मल्ल र स्टाप नर्स पार्बती अर्यालले प्रशिक्षण दिई रहेका छन् ।

ढोरपाटन नगरपालीकाका ३ वटा वडाका २८ जना महिला स्वयम्सेविकाको सहभागिता रहेको तालीमको आज समापन हुने बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *