झुटो प्रचार छर्न, सफल भयो महोत्सव !

नैतिक पतन गर्न सफल भयो महोत्सव
भएको इज्जत हर्न, सफल भयो महोत्सव !!
***
विचरा बालिकामाथि गिद्धे नजर लगाउने
चोर, बलत्कारी भर्न, सफल भयो महोत्सव!!
***
कलाकार छनोटमा खुरापाति देख्दा तिम्रो
झुटो प्रचार छर्न, सफल भयो महोत्सव !!
***
आम्दानी भन्दा खर्च बढी पक्कै आउँछ अब तिम्रो
यस्तै अनैतिक काम गर्न, सफल भयो महोत्सव !!
***
जेष्ठनागरिक, अपाङ्ग महिलाको सम्मान विनानै
राजनीतिको फोहोर भर्न, सफल भयो महोत्सव ।।

पत्रकार महेन्द्र केसी,
पर्वत २०७३ माघ २२ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *