बिहानी युवा क्लव र मिलन महिला समुह बिहुँको माघे सक्रान्ती मेला जारी

भरत सापकोटा, बागलुङ २०७४ माघ ३ । काठेखोला गाउपालिका- ५ विहु स्थित बिहानी युवा क्लव र मिलन महिला समुह बिहुँको माघे सक्रान्ती मेला जारी छ ।

केलाको दोश्रो दिनको कार्यक्रमका प्रमुख अतिथि वडा न ४का वडा सदस्य रिमबहादुर पुनले पूर्वजहरुले मानिआएको साँस्कृतिक पंरम्परा ओझेलमा पर्न थालेको प्रति संकेत गर्दै यस्ता किसिमका कार्यक्रमहरुले संरक्षणमा टेवा पुग्ने बताएका थिए । आफ्नो कला र मौलिक संस्कृतिहरु संरक्षणमा सबै मिलेर अघि बढ्नुको विकल्प नभएको उनको कथन थियो ।

बिहानी युवा क्लवका अध्यक्ष सुंवेदार कृष्ण बहादुर पुनको अध्यक्षता भएको सो कार्यक्रममा ख़ुल्ला पुरुष भलिबल प्रतियोगिताको पहिलो चरणको खेल अन्तर्गत हिँजो भएको सृजना साँस्कृतिक परिवार संग बिहानी युवा क्लव टिम `A´ पराजित भएको छ भने दोस्रो खेल L.N.K.क्लबले बिहानी युवा क्लव `B´ लाई पराजित गरेको छ । १८ टिम सहभागी भएको सो खेलका बाँकी खेलहरु आज हुने बताईएको छ ।

बिहानी युवा क्लव सचिव भक्त बहादुर पुनले स्वागत गर्नु भएको कार्यक्रम को संचालन बिहानी युवा क्लवका सदस्य भरत पुन को संचालन मा सम्पन्न भएको थियो । आगामी ५ गते सम्म चल्ने मेलामा स्थानिय कलकाहरुको सांगीतिक प्रस्तुती रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *