बिश्वकर्मा एकता समाज बोबाङको माघे सक्रान्ति मेला जारी !

कुशल बिश्वकर्मा, बुर्तिबाङ २०७४ माघ ३ । बागलुङ जिल्लाको पश्चिमी क्षेत्र ढोरपाटन नगर पालिका वडा नम्बर ७ बोबाङ स्थित बिश्वकर्मा एकता समाज द्वारा आफ्नो प्रथम बार्षिकोत्सबको अबसरमा आयोजित माघे सङ्क्रान्ती मेला हिँजो उद्घाटन भएको छ।

कार्यक्रम बिश्वकर्मा एकता समाजका अध्यक्ष ताल बहादुर सुनारको अध्यक्षता, ढोरपाटन नगरपालिका वडा नम्बर ७ बोबाङका अध्यक्ष दिपक थापा मगरको प्रमुख आथित्यता एबम दलित प्रतिनिधि पन बहादुर बिश्वकर्माको बिशिस्ट आथित्यता रहेको थियो।

कार्यक्रमको उद्घाटन प्रमुख अथिती दिपक थापा मगर द्वारा दिप प्रज्वलन गरेर गरिएको थियो ।

कार्यक्रममा समाजसेबी धन बहादुर अदै , पन बहादुर बिश्वकर्मा,प्रमुख अथिती दिपक थापा मगरले शुभकामना मन्तव्य राखेका थिए ।

प्रमुख अथितिले कार्यक्रममा बोल्दै, आफू जस्तै युवाहरुको काधमा देश सन्चालन गर्ने क्षमता हुने भएकोले विभिन्न भाषा ,धर्म सस्कृती जातजाति बिच एकता कायम राख्नको लागि अहिलेको जनप्रतिनिधि लगायत स्थानीय युवाहरुको सक्रियतामा विभिन्न वडा र समाजमा गएर बिश्वकर्मा एकता समाज बिस्तार गरेर अगाडि बढ्ने बताए। साथै उनले क्लबलाइ खेलकुद बिकास गर्नमा युवाहरुलाइ समेत जागरुक बनाउने बताए।

सो अवसरमा आयोजना गरिएका खेलकुदहरु मध्य पुरुष भलिबल प्रतियोगिताको नाम दर्ता १६ टिमले गरेका छन् । दोहोरी गीत प्रतियोगिता ,पुरुष छेलो प्रतियोगिता लगायत घैटोफोर प्रतियोगिताहरु आज देखि सन्चालन हुने आयोजकले बताएको छ। कार्यक्रमको सन्चालन अमर बुढा मगरको थियो भने स्वागत मन्तव्य आयोजक समितिका सचिब शिव सुनारको रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *