भुजीखोला लघुजलबद्यिुत आयोजना छैटौँका अपरेटर मृत फेला

झरना कँडेल, २०७४ माघ २ । ढोरपाटन नगरपालिका वडा नं २ मा रहेको भुजीखोला छैठौ लघुजलबद्यिुत आयोजनाका अपरेटर ४९ बर्षीय चित्रबहादुर थापा मृत अवस्थामा फेला परेका छन् ।

हिजो माघे संक्रान्तिका दिन दिउसो करीब साढे ३ बजे तिर घरदेखी पावरहाउस जान भनेर हिडेको तर पावर हाउुस पनि नपुगेको र घर पनि नफर्किएकाले घर परिवार आफन्तले खोजी गर्दा नभेटिएपछि ईलाका प्रहरी कार्यलय बुर्तिबाङमा खबर गरेका थिए ।

प्रहरी लगायतको टोलीले खोजी गर्दा आज बिहान १० बजेतिर गैराखोलामा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नीरीक्षक कृष्ण रानाले बताए । पारिवारिक स्रोतका अनुसार पावरहाउस भन्दा माथीको जंगलबाट करीब २ सय मिटर तल खसेको जनाईएको छ ।

मृतक थापाको श्रीमती र ४ छोरा छन् ।

सम्पुर्ण कानुनी प्रक्रिया पुराएर पोष्टमार्टमपछि आजै अन्तीम संस्कार गरीएको आयोजनाका सचिब धन बहादुर महतले जानाकारी दिए।

यसैबिच दाह।संस्कारकै क्रममा आयोजनाका अध्यक्ष तम बहादुर घर्तीको अध्यक्षतामा आकस्मिक बैठक बसेर आयोजनाका अपरेटरको अल्पआयुमै भएको निधनप्रती दुख ब्यक्त गर्दै एक मिनेट मौनधारण गरेको छ । सोही अबसरमा परिवारलाई किरिया खर्च तथा जीवनबिमा स्वरुप आयोजनाका तर्फबाट रु १ लाख रुपैया दिने निर्णय गरिएको आयोजनाका अध्यक्ष तमबहादुर घर्तीले बताए । बैठकको सञ्चालन धन बहादुर महतले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.