दृष्टिविहीन समुदायको साथ क्लाउड नाईनले मनायो माघे सक्रान्ति

पोखरा, २०७४ माघ २ । पोखराको चिप्लेढुङामा रहेको क्लाउड नाईन रेस्टुरेन्टले दृष्टिविहीन समुदायलाई घिउ, चाकु, तरुल, पिडालु र सक्खर खुवाएर माघे सक्रान्ति पर्व मनाएको छ। चाड सबैको भन्ने मान्यता सहित सोमबार रेस्टुरेन्टले पोखरेली दृष्टिविहीन समुदायलाई “माघे सक्रान्ति एबं खानपिन कार्यक्रम” मा सरिक गराएको थियो ।

हरेक वर्ष माघे संक्रान्तीको अवसरमा बिभिन्न कार्यक्रम गर्दै आएको रेस्टुरेन्टले यस वर्ष भने दृष्टिविहिन समुदाय संग माघी पर्व मनाएको क्लाउड नाईनका संस्थापक महेश्वर सिंह भण्डारीले बताए । पोखरेली दृष्टिविहीनहरुले आगामी दिन सबैको माया, साथ र सहयोग पाएमा समाजमा उदाहरणिय काम गर्ने बताए । उनिहरुले क्लाउड नाईनले माघे सक्रान्तिमा सम्मान का साथ आफुहरुलाई निम्तो गर्दा ज्यादै खुशी भएको बताएका छन् । आगामी दिनहरुमा पनि यस्तै कार्यक्र्म गरेर उच्च भावनाका साथ समाजका बिभिन्न समुदाय संग सम्बन्ध बिस्तार गर्ने संस्ठापक भन्डारीले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.