रक्तिम सांस्कृतिक अभियानको क्षितिजपारी एल्बम भाग २ को विमोचन !

उद्धव मगर, दोहा कतार २०७३ पुस १७ । गत डिसेम्वस ३० का दिन कतारको राजधानी दोहामा कतार नेपाली एकता समाज रक्तिम सांस्कृतिक अभियानको क्षितिजपारि एल्बम भाग २ को भव्यरुपमा विमोचन कार्यक्रम सम्पन्न भएको छ ।

यस कार्यक्रमको अध्यक्षता रक्तिम विभागका अध्यक्ष हुमाकान्त आचायले गरेका थिए भने सञ्चालक विभागका कोषाध्यक्ष जे.वि कुवरले गरेका थिए ।

यस कार्यक्रमलाई सफल पार्न आउनु भएका प्रमुख अतिथी, अतिथी साथै सम्पूर्ण हलमा उपस्थित गणहरुलाई यसै विभागका सल्लाहाकार हेम बस्नेतले मन्तव्य व्दारा स्वागत गरेका थिए ।

स्वागत मन्तव्य पश्चात विधिवतरुपमा कार्यक्रम अगाडी बढेको थियो । यस कार्यक्रमलाई निमन्त्रणा स्वीकारेर आएका प्रमुख अतिथी लुमाकान्त पुन मगर, अतिथी प्रवासी मन्चका अध्यक्ष रामहरी गैरे, जनप्रगतीशील मन्चका का.वा अध्यक्ष रकमध्वज राई वुद्धिजिवी विभागका हरि पैसाद शर्मा कतार नेपाली एकता समाजका भूपु उपाध्यक्ष दावा लामा, महासचिव खिम बुढा मगर, महिला विभागका रेणुका चौलागाई, रक्तिम भुपु अध्यक्ष बलदेव राना, पत्रकार राम प्रसाद पराजुली हाँक साप्ताहिक पत्रकार उद्धव मगर, तथा आमन्त्रित सम्पूर्ण अतिथीहरुले यस विमोचन कार्यक्रम सफलताको शुभकामना राखेका थिए ।

क्षितिजपारी एल्बम भाग २ मा विशेष सहयोग गर्ने व्यक्तित्वहरुलाई दो सल्ला ओढाई विभागका अध्यक्ष हुमाकान्त आचार्यले सम्मान गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.