विहानी युवा क्लव र मिलन आमा समुह बिहुँको माघे सक्रान्ति मेला जारी

भरत प्रसाद सापकोटा, बिहुँ बागलुङ २०७४ माघ २ । काठेखोला गाउपालिका ५ विहु स्थीत बिहानी युवा क्लव र मिलन महिला समुह बिहुँको आयोजनामा सोमवार देखी माघे सक्रान्ति मेला सुरु भएको छ ।

मेलाको उद्घाटन गर्दे नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य मना केसीले कला सस्कृतिको संरक्षण गर्ने दायित्व सवैको भएको वताउदै नेपालमा राजनीतिक क्रान्ति सकिएकोले अव आर्थिक क्रान्तिमा जुटनुपर्ने वताईन्।

मिलन महिला समुहकी अध्यक्ष भर्दी पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नम्वर ४ का जनाजाति संयोजक थमन पुन ,बिहानी युवा क्लवका सदस्य जितु कांउचा लगाएतले बोलेका थिए । मिलन महिला समुहका उपाध्यक्ष बुद्धि माया पुनले स्वागत तथा उद्घाटन कार्यक्रमको संचालन बिहानी युवा क्लवका सदस्य दुर्गा पुनको गरेका थिए । आगामी ५ गते सम्म चल्ने मेलामा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.