मालारानीमा पहिलोपटक वस पुग्दा बसलाई फुलमाला अबीरले स्वागत !

बुर्तिवाङ २०७४ माघ १ । बडीगाड गाँउपामालारानीमा पहिलोपटक वस पुग्दा बसलाई फुलमाला अबीरले स्वागतलिकाको वडा नम्बर ९ मालारानीमा आज पहिलोपटक वस पुगेको छ । गाँउमा पहिलोपटक वस पुगेसँगै आज उद्घाट्न गरिएको छ । वस लिएर गाँउ पुगेका चालकलाई स्थानियवासीले फुलमाला अविर लगाएतर स्वागत गरेका छन् ।

पहिलोपटक गाँउमा वसपुगेपछी वडा नम्बर ९ का अध्यक्ष कृष्ण वहादुर केसीले रिबन काटेर उद्घाट्न गरेका थिए ।

उद्घाट्न पछि मन्तव्य राख्दै वडाध्यक्ष केसीले आज पहिलो पटक गाँउमा वस ल्याइएको र यसलाई नियमितता दिन आफुले पहल गर्ने बताए । उनले अहिले तत्काल हिउँदको समयमा मात्र गाडी चल्ने भएकाले वर्षातका समयमा पनि सवारी सञ्चालनका लागी बडीगाड कालीरहमा मोटरेवल पुल निर्माणका लागी आफ्नो तर्फबाट सक्दोपहल गर्ने प्रतिवद्धता जनाए । गाँउमा वस पुगेसँगै स्थानियवासी हर्षित भएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *