युवाशक्ति एकतावद्ध भएर विकास निर्माणमा जुटे आफ्नो ठाँउको विकास आफै गर्न सकिन्छ – नेपाली

माघे सक्रान्तिको कार्यक्रममा मावल पुगेका नगरप्रमुख नेपालीलाई मालारानीमा भव्य स्वागत !

खेमराज अर्याल, बागलुङ २०७४ माघ १ । ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली बडीगाड गाउपालिका ९ साविक दर्लिङ गाविस १ मा मालारानी युवा क्लबले आयोजना गरेको विशेष कार्यक्रममा सरीक हुन मालारानी पुगेका छन् । उनलाई मालारानीमा भव्य स्वागत गरिएको छ । मालारानी नगरप्रमुख नेपालीको मावली हो ।

क्लबले माघे सक्रान्तिको अवसरमा आयोजना गरेको भलिबल लगायत विविध प्रतियोगितात्मक कार्यक्रमकोे नगरप्रमुख नेपालीले उद्घाटन गरेका छन् । क्लबले विविध साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरेको छ ।

कार्यक्रममा वोल्दै नगर प्रमुख नेपालीले सबै बताए । नगर प्रमुख नेपालीले मालारानी युवा क्लवले लुकेर रहेका प्रतिभालाई प्रष्फुटन गराउने खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमका साथमा कला संस्कृती संरक्षणका लागी कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिँदै क्लवलाई आगामी दिनमा चेतनामुलक, सिर्जनात्मक एवं रचनात्मक कार्यक्रम गर्न सुझाव समेत दिए ।

नगरप्रमुख नेपालीले क्लवका लागी नगद रु ८० हजार व्याक्तिगत रुपमै सहयोग गरेका छन् भने मालारानीकै देविस्थान वालविकास केन्द्रको शैक्षिक गुणस्तर सुधारका लागी नगद रु २० हजार आर्थिक सहयोग प्रदान गरेका छन् ।

कार्यक्रममा वडिगाड गाँउपालिकाका वडा नम्बर ९ का अध्यक्ष कृष्ण वहादुर केसी कुसुम बुढा लगाएतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख जनक थापा, इलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी निरिक्षक कृष्ण रानाको विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा आज पुरुष भलिवल प्रतियोगिताको फाइनल खेल सम्पन्न भएको छ । प्रतियोगिताबाट पञ्चासे देउराली युवा क्लव राजकुत प्रथम र आयोजक मालारानी युवा क्लव द्धितिय भएका छन् । आजै भएको पञ्चेवाजा प्रतियागिताको नतिजा सार्वजनिक गरिएको छैन । आज दिनभर राष्ट्रिय कलाकार विष्णु खत्रीको विशेष सांगीतिक प्रस्तुती रहेको थियो भने स्थानिय कलाकार तारा थापा डान्सर अन्सु भुषालको पनि प्रस्तुती रहेको थियो ।
कार्यक्रम क्लव अध्यक्ष युवराज मल्लको अध्यक्षता कृष्ण भट्राइको सञ्चालनमा सम्पन्न भएको थियो ।

गत वर्षको माघे सक्रान्ति मेलामा पनि नगरप्रमुख नेपाली मालारानी पुगेका थिए । सो अवसरमा नेपालीले स्थानीय विद्यालय, क्लब, महिला समुह समेतलाई रु ३ लाख सहयोग प्रदान गरेका थिए ।

तस्वीर- सौजन्य दिपक पराजुली, बुर्तिवाङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *