मनकामना युवा क्लब सिग्दीको २६ औँ वार्षिकोत्वस तथा माघी मेला २०७४ को उद्घाटन !

नि:शुल्क आँखा शिविरबाट सोमबार सम्म १ सय ९० जना लाभान्वित !

शेखर थापा, बरेङ २०७४ माघ १ । नेपालीहरुको महान चाड माघे संक्रान्ति पर्वकोे पावन अवसरमा मनकामना युवा क्लब बरेङ गाउपालिका वडा नं २ सिग्दी बागलुङले आयोजना गरेको २६ औँ वार्षिक उत्सव तथा माघी मेलाको आज पाचौ दिन मुल समारोहको उटघाट्न भएको छ ।

सचेत र संगठित व्यवहार, सभ्य सुन्दर र सबृद्ध समाज निर्माणको आधार भन्ने मुल नाराका साथ आयोजित मेला मुल समारोहको आज प्रमुख अतिथी जिल्ला समन्वय समिती बागलुङका प्रमुख राजेन्द्र ढुङगानाले उटघाट्न गरेका हुन् ।

मुलसमारोहको उद्घाटन गर्दै ढुङगानाले माघी मेलाले खेलकुदको बिकाशमा पु¥याएको योगदानको प्रशंसा गर्दै बरेङ वरिपरिका जनसमुदायलाई समेटिने गरि राखेको निशुल्क आखा शिबिरबाट सेवा लिन आग्रह गर्दै क्लवले स्रहानीय काम गरेको उल्लेख गरे । परम्परागत माघे सक्रान्ति मेला आयोजना गरेर मनकामना युवा क्लवले संकृतिको संरक्षण र खेलकुदको बिकासमा ठुलो टेवा पु¥याएको भन्दै ढुङगानाले यस्ता कार्यक्रमहरुले समाजमा सकरात्मक सन्देश जाने बताए ।

कार्यक्रममा बरेङ गाउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्मा, उपाध्यक्ष दिल कुमारी पुन, वडा नं १ अध्यक्ष नरसिंह पुन, नेपाल शिक्षक महासंघ बागलुङका अध्यक्ष कृष्ण प्रशाद आचार्य, सर्बोदय माबिका प्रधानाध्यापक चित्र थापा, सामुदायिक रेडियो बिहानी ८९ मेघाहजका स्टेशन को—अर्डिनेटर प्रकाश छन्त्याल, ईलाका प्रहरी कार्यलय बरेङका प्रहरी सहायक निरिक्षक धन बहादुर थापा, समाज सेवी क्याप्टेन कलाधर थापा, देवीराम गलामी, दयाराम थापा, सर्बोदय क्याम्पस बरेङका प्रमुख फुलकुमारी शर्मा लगायतले शुभकामना मनत्ब्य ब्यक्त गरेका थिए ।

कार्यक्रम वार्षिकोत्सव तथा माघी मेलाका संयोजक मिन बहादुर पुनको अध्यक्षता, पुर्वअध्यक्ष हिरा पुनको स्वागत र क्लवका अध्यक्ष मोहन पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

यस्तै क्लबले आयोजना गरेको २६ औँ वार्षिकोत्सव तथा माघिमेलामा कृषि तथा हस्तकला प्रर्दशनि प्रतियोगिता पनि सोमबार सम्पन्न भएको छ ।

कृषि उपजतर्फ टमाटरमा बरेङ गाउपालीका २ गेरुढुङगाका तेज बहादुर पुन उत्कृष्ट भएका छन । त्यस्तै काउलीमा बरेङ गाउपालीका जिमिरेकी मन्जु पौडेल उत्कृष्ट भएकी छिन,मुलामा बरेङ गाउपालीका २ दलेङका पुर्ण भद्र पौडेल उत्कृष्ट भएका छन । त्यस्तै बन्दागोबीमा कालीगण्डकी गाउपालकिा ७ धुवाखोलाका कृष्ण पुन उत्कृष्ट भएका छन । सुन्तला तर्फ बरेङ गाउपालीका ३ नयाँबजारका गणेश सुवेदि उत्कृष्ट भएका छन । त्यस्तै तरुलमा बरेङ गाउपालीका १ कोकलदिपका खेम बहादुर र्घिर्त मगर उत्कृष्ट भएका छन । फर्सिमा बरेङ गाउपालीका १ झुलेका संगिन पुन प्रथम भएका छन भने बरेङ गाउपालीका १ आरुपाटाका भुवन थापा द्धितिय भएका छन।

त्यस्तै खसिमा बरेङ गाउपालीका १ भाटी बजारका दिपक आर्चाय प्रथम, भएका छन । त्यस्तै बरेङ गाउपालीका १ सिलामारीका कियरसिँह रम्जाली मगर द्धितिय भएका छन । बोकामा बरेङ गाउपालीका २ खत्रीटोलाका देव बहादुर खत्री प्रथम भएका छन् भने बरेङ गाउपालीका १ भिउडाडाका डिबि थापा द्धितिय भएका छन । कुखुराको भाले तर्फ बरेङ गाउपालीका १ भिउडाडाका डिबि थापा प्रथम भएका छन ।

त्यस्तै हस्तकला प्रदशनतर्फ काठको तिर तर्फ कालीगण्डकी गाउपालीका ७ धुवाखोलाका कृष्ण पुन प्रथम भएका छन, भने बरेङ गाउपालीका १ चित्रेका मनोज पौडेल काठको गोठमा द्धितिय भएका छन । हस्तकला अन्र्तगत चोयाको डोको तर्फ बरेङ गाउपालीका १ सिलामारीका कमान सिंह प्रथम भएका छन, भने बरेङ गाउपालीका १ पातलाका लाल बहादुर सुनार कुचोमा द्धितिय भएका छन, हस्तकला प्रदशनीतर्फ धागोको धकीयामा बरेङ गाउपालीका २ सिग्दीका रन बहादुर पुन प्रथम भएका छन । कृषि तथा हस्तकला प्रर्दशनि प्रतियोगिताको प्रायोजन बिहानी बहुउदेश्यिय सहकारी संस्था लिमिटेड बरेङ गाउपालिका–१ बरेङ बागलुङले गरेको थियो । पुरुष भलिबल प्रतियोगिता खेल तर्फ भने आज प्रथम चरणमै स्थगित गरि भोली बिहान ८ बजे देखी खेल संचालन गरिने आयोजकले जनाएको छ । सोमबार माघे संक्रान्तीका दिन राष्ट्रीय तथा स्थानीय कलाकारहरु पुर्ण परियार, शाबित्री जोशी, हास्य कलाकार राजा राजेन्द, अमृता नेपाली, शितल शर्मा,गोबिन्द श्रीस,बिरेन्द्र श्रेष्ठ लगाएतको बेजोड प्रस्तुति रहेको थियो भने भोली माघ २ गते लोक गायक बिष्णु खत्री, ज्योती लोहनी, हास्य कलाकार मनोज गजुरेल लगायतको प्रस्तुती रहने आयोजकले बताएको छ ।

माघी मेलाको अबसरमा आयोजकले सञ्चालन गरेको निशुल्क आँखा शिविर मंगलवार पनि जारि रहने र आँखाका बिरामीहरुलाई सहभागि भएर आफ्नो आँखाको उपचर गर्न सर्बसाधारणहरुलाई आयोजकले आब्ह्वान गरेको छ ।

यस्तै मेलामा क्लवको आयोजना र नेपाल नेत्र ज्योति संघ,आँखा उपचार केन्द्र, उपल्लाचौर बागलुङको प्राविधिक सहयोगमा निशुल्क आँखा शिविर संचालन भएको छ, शिबिरमा सोमबार सम्म १९० जनाले सेवा लिएका छन जसमा ७० जना चालिसेका र १७ जना अप्रेशन गर्नुपर्ने बिरामी भेटिएको शिविरमा सहभागी चिकित्सकले बताएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.