माघे संक्रान्तिमा सबै जातजाती भाषाभाषीबिच भाईचाराको सम्बन्ध कायम गर्नु पर्छ : घर्तीमगर

झरना कँडेल, बागलुङ २०७४ माघ १ । बागलुङ जिल्लाको पश्चिम व्यापारिक केन्द्र बुर्तिबाङ बजारमा पनि माघेसंक्रान्ती पर्ब बिभिन्न सांस्कृतिक कार्यक्रम तथा प्रतियोगितात्मक कार्यक्रम गरेर मनाईएको छ ।

बुर्तिबाङ स्थित मगर सेवा केन्द्रले आयोजना गरेका बिभिन्न कार्यक्रमको आज उद्घाटन गरिएको छ । प्रदेशसभा सदस्य टेकबहादुर घर्ति मगरले पानसमा बत्ती बालेर उद्घाटन गर्दै माघे संक्रान्तिको शुभकामना दिदैँ, माघे सक्रान्ति पर्ब मगरहरुको महान पर्ब भनिएपनि सम्पुर्ण एकै ठाउमा जुटेर सबै जातजाती भाषभाषीबिच भाईचाराको सम्बन्ध कायम गर्नृपर्ने बताए ।

मगर समाज सेवा केन्द्रका अध्यक्ष थमप्रसाद पुनमगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी लगायत अन्य मगर जनप्रतिनीधीलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो भने कार्यक्रमका प्रमुख अतिथी टेक बहादुर घर्तिमगरले टीका तथा दक्षिणा गरेर पञ्चकन्या पूजन गरेका थिए ।

कार्यक्रममा मगर पञ्चेबाजा, मगर झाँकी समेत र लोकदोहारी गायक श्रीराम थापा मगर , लोक गायीका चिना थापामगर , र लोक गायिका भबिकला घर्तिमगर लगायतले सांगीतिक दिईरहेका छन् ।

कार्यक्रमको समापन भोलि गरिने आयोजकले जनाएको छ । उद्घाटन चरणको सञ्चालन सेवाकेन्द्रका सचिब उमेश बुढामगरले गरेका थिऐ भने ,सास्कृतिक कार्यक्रमको सञ्चालन सेवाकेन्द्रका सचिब उमेश बुढामगर र सञ्चारकर्मी प्रशान्त घर्तिमगरले गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *