भल्साङ युथ क्लब मल्मको तेस्रो वार्षिकोत्सव सम्पन्न !

थम्मन थापा सन्देश, गल्कोट २०७४ माघ १ । नेपालीको गर्व, माघे संक्रान्ति पर्व, वारी घुम्टे पारी गाजा हामी सबैको शान, खेलकुद, कला, संस्कृति भल्साङ युथ क्लबको पहिचान भन्ने मुल नाराका साथ भल्साङ युथ क्लब गल्कोट नगरपालिका ७ मल्म बागलुङको तेस्रो वार्षिकोत्सव तथा माघे संक्रान्ती मेला २०७४ विविध कार्यक्रम सहित आज सम्पन्न भएको छ ।

कार्यक्रम समुदघाटन पछि बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति बागलुङका सदस्य दल बहादुर थापाले समाज रुपान्तरणमा युवाहरुको भूमिका महत्वपुर्ण हुने भन्दै कल्वले स्थानिय खेलकुद, कला संस्कृतिको संरक्षण सम्वर्दन सॅगै सामाजिक कार्यमा कल्वको नेतृत्वदायी भूमिका हुनु पर्ने बताए ।

वार्षिकोत्सवका अवसरमा आयोजित साविकको वडा स्तरिय पुरुष भलिबल प्रतियोगितामा १६ समुहको सहभागिता रहेकोमा न्यू नवज्योति युवा क्लब गलकोट नगरपालिका ७ प्रथम र भल्साङ युथ क्लब आयोजक द्वितिय भएका छन । त्यस्तै खुल्ला एकल नृत्य प्रतियोगितामा ७ जनाको सहभागिता रहेकोमा मिनाक्षी परियार, बिन्दु थापा द्वितिय र सृष्टी खडका तृतिय भएका छन ।

सो अवसरमा आयोजित महिला कुर्सीरेश प्रतियोगितामा समिक्षा खडका प्रथम र कोपिला थापा द्वितिय भएका छन । सो अवसरमा चकलेट रेश, घैटोफोड लगायतका मनोरञ्जनात्मक कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो । सो अवसरमा नेपाल पत्रकार महासंघ प्रदेश नं ४ का क्षेत्रिय पार्शद थम्मन थापा सन्देश र गलकोट नगरपालिका ७ का वडा सदस्य लोक बहादुर थापा र जनहित कला केन्द्रका अध्यक्ष ज्ञान बहादुर थापाको विशिष्ट आतिथ्यता रहेको थियो ।

वार्षिकोत्सवको अवसरमा प्रायोजक, सहयोगदाता, खेलाडी पत्रकार लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रम भल्साङ युथ कल्व गलकोट नगरपालिका ७ भल्साङका अध्यक्ष टोप बहादुर थापाको अध्यक्षता, कोषाध्यक्ष शिशिर खडकाको स्वागत र सचिव प्रदिप थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *