संस्कार र सस्कृतिलाई अबलम्बन गर्न सके परम्परागत सस्कृतिको जगेर्ना हुन्छ – पौडेल

गुमानसिँह भण्डारी, गल्कोट २०७४ माघ १ । संस्कार र सस्कृतिलाई अबलम्बन गर्न सके परम्परागत सस्कृतिको जगेर्ना हुने प्रतिनिधी सभाका सदस्य देबेन्द्र पौडेलले बताएका छन् । रुद्रि युवा क्लब तथा माघे सक्रान्ति मेला ब्यवस्थापन समिति गलकोट नगरपालिका वाड नम्बर ५ हरिचौर सिमलबोटले आयोजना गरेको माघी पर्वको अवसरमा बोल्दै पौडेलले यस्तो बताएका हुन् ।

सांसद पौडेलले पुराना सस्कृतिलाई नयाँ तरिकाले सञ्चालन गर्न आयोजक लागी परेको बताउदै आगामी दिनमा क्लबले सास्कृतिक कार्यक्रम सँगै बिकास निर्माणका काममा पनि अग्रसर हुन आग्रह गरेका थिए ।

कार्यक्रममा बोल्दै पौडेलले चुनावका समयमा हटिया देखि हरिचौर, ताराखोला गाउपालिका हुदै म्याग्दी जोड्ने मोटरबाटो कालोपत्रे गर्ने बताएको भन्दै यसको कामलाई सुचारु गर्ने प्रतिबद्धता दोहोराएका थिए । उनले निर्वाचनमा समयमा आफुसँग प्रतिस्पर्धा गर्ने साथीहरुसँग सँगै सहकार्य गरेर अगाडि जाने उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले गलकोट नगरपालिका भित्रको बिकासले तिब्रता पाएको बताए ।

सो अवसरमा ताराखोला गाउपालिकाका अध्यक्ष प्रकाश घर्ती लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । सो अवसरमा कृषि मेलाको पनि आयोजना गरिएको थियो ।
तस्वीर- घनश्याम गौतम, गल्कोट ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *