रेडियो सारथी आठौं वर्षमा प्रवेश, गाउपालिका अध्यक्ष पाईजाव्दारा नयाँ भवनको शिलान्यास

कमल पौडेल, खर्वाङ, बागलुङ २०७४ माघ १ । बागलुङ जिल्लाको पश्चिम क्षेत्रकै पहिलो रेडियो, रेडियो सारथी १०७.४ मेघाहर्जको भवन शिलन्यास गरिएको छ।

सातौं वार्षिकोत्सवको अवसरमा गरिएको कार्यक्रममा भवन शिलन्यास गर्दै बडीगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले रेडियोमा गाउँपालिकाको पनि स्वामित्व हुने गरि काम अघि वढाउने वताए । अवको समाज सूचना प्रविधिको भएको भन्दै आम नागरिकलाई सूचनाको पहुँचमा पुर्याउन रेडियोले राम्रो भूमिका निर्वाह गरेकोमा प्रशंसा समेत गरे । रेडियोको लागी गाउँपालिकाको निरन्तर सहयोग रहने भन्दै उनले रेडियोको प्रगतिको कामना गरेका छन् ।

कार्यक्रममा रेडियोका अध्यक्ष तथा स्टेसन म्यानेजर विष्णु भुसालले रेडियोमा ३० जनाको लगानी भएपनि यो समाजकै भएको स्पष्ट पार्दै रेडियो गैर मुनाफा मुलक संस्था भएकोले सूचनाको पहुँच नपुग्ने समुदायमा सूचनाको पहुँच पुर्याउने माध्यम रेडियो भएकोले सहयोग गर्न सवैमा अपिल समेत गरे । जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख समेत रहेका भुसालले स्थानिय कला, संस्कृतिको जगेर्ना र संरक्षण गर्दै सूचनाको माध्यमवाट जनतालाई सुसुचित गर्ने अभियानमा सरिक हुन आग्रह गरे ।

शेयर सदस्य, विज्ञापन दाता, कर्मचारी, श्रोता लगाएत सवै सहयोगी संस्थाहरुलाई धन्यवाद दिँदै भुसालले भवन छिटो सम्पन्न गरि रेडियोलाई स्थानान्तरण गर्ने वताए ।

कार्यक्रम रेडियोका अध्यक्ष विष्णु भुसालको अध्यक्षता तथा संचालक समितिका सहसचिव एवं समचार प्रमुख कमल पौडेलको संचालनमा सम्पन्न भएको थियो।

हाल बागलुङ जिल्लाकै होंचो स्थान खर्वाङ बजारवाट संचालित रेडियोलाई केहि माथि दनिँयाको सारथी डाँडामा भवन निर्माण पछि सार्न लागिएको हो।
नयाँ स्थानमा रेडियो स्थानान्तरण भएमा रेडियोको कभरेज वढ्ने वताईएको छ। आठौं वर्षमा प्रवेश भएको रेडियो एफ.एम. व्याण्डमा १०७.४ मेघाहर्जमा १८ घण्टा तथा अनलाईन www.radiosarathi.com.np , मोवाइल एप्लिकेसन, हाम्रो पात्रो, डिजिटल नेपाल लगाएतका मिडियामा २४ सै घण्टा प्रशारण हुँदै आएको छ।

शान्ति, सम्वृद्धि र समुन्नत समाजको लागि रेडियो सारथी भन्ने मुल नारा रहेको रेडियोले विविध जनचेतनामुलक, सुचनात्मक तथा मनोरन्जनात्मक कार्यक्रम संचालन गर्दै आएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.